Trending
>>   जगदुल्ला जलविद्युत आयोजनाको ठेक्कामा मेरो संलग्नता पुष्टि गर्नेलाई पुरस्कार दिन्छुः उर्जामन्त्री >>   खेलकुदबाट देशलाई सबल बनाऔँ तर पहिला पूर्वाधार निर्माण गरौँः सांसदहरु >>   विद्युत नियमन आयोगको सेवा प्रभावकारी बनाउन अनलाइन ‘डिएमएस’ सञ्चालनमा ल्याइयो >>   राष्ट्रिय गौरवका योजना बनाउन जनशक्तिको अभाव छः खेलकुदमन्त्री >>   राप्तीमा ४१ गोही छोडियो >>   मुलपानी र गिरिजाप्रसाद क्रिकेट मैदान निर्माणको श्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन >>   पुस २७ गतेको राष्ट्रिय भेलामार्फत सडक आन्दोलनमा जान्छौंः अध्यक्ष सिंह >>   नेपालीहरु शान्तिबाट समेत पीडित हुँदै गएका छन्ः पूर्वकानूनमन्त्री शर्मा >>   बक्यौता रकम भुक्तानीका लागि निर्माण उद्योग परिषद्को प्रधानमन्त्रीलाई आग्रह >>   इमरान खानलाई सरकारले नजरबन्दको प्रस्ताव राखेको बहिनी अलिमाको दाबी
Logo
२४ पुष २०८१, बुधबार
२४ पुष २०८१, बुधबार

कलाकारलाई सम्मान गर्नु राज्यको दायित्वः उपप्रधानमन्त्री सिंह


काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरीविकासमन्त्री प्रकाशमान सिंहले कलाकारलाई सम्मान गर्नु राज्यको दायित्व भएको बताएका छन् ।

मंगलवार काठमाडौंमा नेपाल व्यवसायिक कलाकार संघको ३० औं स्थापना दिवस तथा राष्ट्रिय विभूति अरनीको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कलाकारहरुले आफ्नो कलाकारितामार्फत नेपाललाई विश्वभर चिनाइरहेको उल्लेख गरे । उनले कलाकारिता क्षेत्रमा भावी पुस्ताले भविष्य सुनिश्चित देख्नेगरी काम गर्न जरुरी रहेको बताएका हुन् ।

उनले भने , ‘कलाकारलाई सम्मान त गर्नुपर्छ नि त । आफूले केही गर्न नसकेपनि नेपालमा कलाकारिता गरेर यो विधालाई जीवन्त तुल्याइरहनुभएको छ, उहाँहरुलाई कदर गर्ने कार्यक्रममा जसरी पनि पुग्नुपर्छ भनेर म आइपुगेँ । कलाकारितालाई नयाँ पिँढीले पनि यसमा भविष्य छ भन्ने प्रेरणाको रुपमा लिनेछन् ।’

उपप्रधानमन्त्री सिंहले कलाकारिताको माध्यमबाट कलाकारहरुले नेपाललाई विश्वमा चिनाइरहेको बताएका हुन् ।


प्रकाशित मिति: २३ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?