Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

ललितपुरको कल सेन्टरमा सिआइबीको छापा, ५३ जना पक्राउ


काठमाडौं । ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार राति छापा हान्दा ५३ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक सहित नेपाली रहेको जानकारी दिएको छ । उनीहरुले कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।अभियुक्तहरूबाट  ८५ वटा ल्यापटप कम्प्युटर ८२ थान  मोबाइल फोन पनि बरामद भएको छ ।

उनीहरुलाई आज म्याद थप गरी थप अनुसन्धान गरिने सीआईबीले जनाएको छ ।


प्रकाशित मिति: २३ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?