Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

राइट टु प्रोटिन रन हाफ म्याराथन माघ १२ मा हुने


काठमाडौँ । राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करण आगामी माघ १२ गते दशरथ रंगशालामा हुने भएको छ ।

प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेनरी एशोसिएशनले राइट टु प्रोटिन हाफ म्याराथन गर्दै आएका हुन् । आयोजकले सोमवार पत्रकार सम्मेलन आयोजना गर्दै म्याराथनको बारेमा जानकारी दिए ।

गत तीन वर्षदेखि यो हाफ म्याराथन आयोजना हुँदै आएको छ । यस संस्करणमा महिला र पुरुषको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला पाँच किलोमिटर, १२ कक्षा सम्मका विद्यार्थीको पाँच किलोमिटर पुरुष र तीन किलोमिटर महिला, फरक क्षमता भएका व्यक्तिहरूका लागि ह्विलचेयर पुरुष तथा महिला र बालबालिकाहरूका लागि रन फर फन विधामा प्रतिष्पर्धा हुने भएका छन् ।

राइट टु प्रोटिन म्याराथनमा करिब आठ हजार धावकले दौडिने आयोजकको अनुमान रहेको छ । हाफ म्याराथन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट शुरु भइ भक्तपुरको राधेराधे पुगेर सोही रुट हुँदै दशरथ रंगशालामा नै आएर टुगिनेछ । उक्त म्याराथन बिहान ६ः३० बजे शुरु हुने आयोजक नेपाल भेटेनरी एशोसिएशनले जनाएका छन् ।

सहभागिता र पुरस्कार राशिका हिसावमा यस प्रतिष्पर्धा नेपालकै सबभन्दा ठूलो हाफ म्याराथन रहेको आयोजक कमिटीका अध्यक्ष डा.शितलकाजी श्रेष्ठले बताए । गत संस्करणको हाफ म्याराथनमा महिलातर्पm सन्तोषी श्रेष्ठ र पुरुषमा दीपक अधिकारी च्याम्पियन हुन् ।

पछिल्ला तीन संस्करणमध्ये दुई वटामा सहभागी हुँदा सन्तोषी च्याम्पियन भएकी थिइन् । सोमवार भएको पत्रकार सम्मेलनमा धाविका सन्तोषीले खेलाडीहरूको सेवासुविधा, करकट्टी बिना पुरस्कार दिने र अन्य विभिन्न पक्षका हिसाबले राइट टु प्रोटिन उत्कृष्टमध्ये एक रहेको बताइन् । यस पल्ट पनि आफू खेल्ने तयारीमा रहेको उनले उल्लेख गरेकी छन् ।

धाविका सन्तोषीले यस प्रोटिन म्याराथनले खेलाडीहरूलाई आकार्षित गरिरहेको बताइन् । आफूले अध्ययन गरिरहेको विषय डाइट एन्ड न्युट्रिसन रहेको र यस विषयमा आयोजकले सन्देश पनि दिइरहेकाले खेलाडीका लागि यो आयोजना विशेष रहेको धाविका सन्तोषीको भनाइ छ । खेलाडीले पाउनुपर्ने पुरस्कार ढिला पाउने गरे पनि यस म्याराथन आयोजकले लगत्तै पुरस्कार दिने गरेको उनको भनाइ छ ।

आयोजकले महिला र पुरुषलाई समान पुरस्कार व्यवस्था गरेको छ । हाफ म्याराथनमा च्याम्पियन हुने दुवैले एक लाख ५० हजार रुपैयाँ पाउनेछन् । दोस्रोले एक लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार र पाँचौंले ३० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । १० किलोमिटर खुला पुरुष दौडमा पहिलो हुनेले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौंले १० हजार रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् । महिलामा पाँच किलोटमिटरतर्पm शीर्ष तीनले क्रमशः ३० हजार, २० हजार र १५ हजार पाउने आयोजकले जनाएको छ । चौथोले १० हजार र चौथो पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।

विद्यार्थी र ह्विलचियर प्रतिस्पर्धामा पनि पुरस्कारको व्यवस्था गरिएका छन् । ह्विलचियरतर्फ महिला र पुरुषमा शिर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले ३० हजार, २० हजार र १५ हजार पुरस्कारको व्यवस्था गरिएका छन् । यस प्रतियोगितामा खेलाडीहरूको सुविधाको लागि रुटका विभिन्न स्थानमा पानी, प्राथमिक उपचार र आकस्मिक सेवाको लागि एम्बुलेन्सको व्यवस्था गरिएको आयोजक कमिटीका अध्यक्ष डा. शितलकाजीले जानकारी दिए । यस प्रतियोगिताका लागि करिव पाँच सय जना स्वयं सेवकहरु परिचालन गरिने आयोजकले जनाएका छन् ।

नेपाल एथलेटिक्स संघले म्याराथनलाई प्राविधिक सहयोग प्रदान गरेका छन् ।


प्रकाशित मिति: २२ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?