Trending
>>   गीतकार विष्णु भण्डारीको शब्द र संगीतमा”म यता मेलैमा तिजको बेलैमा”सार्वजनिक ( भिडियो ) >>   विवाह उमेरको विषयलाई लिएर विवाहित व्यक्तिले भोग्दै आएको सजाय घटाइने >>   कार्बन व्यापार सम्बन्धी नियमावली केही दिनभित्रै पास हुन्छः मन्त्री ठकुरी >>   सरकारले विपद् प्रतिकार्यमा ड्रोनको प्रयोग गर्ने >>   संविधान र निर्वाचन प्रणाली देखाएर दलहरु जनताको प्रश्नबाट भाग्दैछन्ः महासचिव भुसाल >>   नेपालको राजनीति अस्थिर र भ्रष्टीकरण हुनुमा मुख्य दोषी माओवादीः महासचिव चन्द >>   अन्तरस्कुल क्रिकेट प्रतियोगिता हुने >>   प्राप्त अधिकार रक्षाका लागि सबै लागौँः उपप्रधानमन्त्री सिंह >>   निजामती ऐनलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो >>   दुई वर्षभित्र जाँजरकोट—डोल्पा खण्डमा पर्ने ५ वटा पुल निर्माण सम्पन्न गर्छौंः मन्त्री दाहाल
Logo
६ श्रावण २०८२, मंगलवार
६ श्रावण २०८२, मंगलवार

सुन्तलाको बजारीकरणमा सघाउँदै नगरपालिका


काठमाडौँ । सुन्तला गाउँको चिनिएको सिगानामा उत्पादित सुन्तला बागलुङ नगरपालिकाले बजारीकरणमा सघाउन थालेका छन् ।

उचित मूल्य र पहिचानका लागि सुन्तला ‘ब्राण्डिङ’ गर्न थालिएका हुन् । यहाँको बागलुङ नगरपालिकाले सिगानाको सुन्तलालाई ब्राण्डिङ गरेर बजारीकरणका लागि सहकारीमार्फत प्याकेजिङको काम थालेका छन् । बागलुङ नगरपालिकाले वडा नम्बर ८ सिगानाको गणेश कृषि सहकारीको नाममा ‘सिगानाको रसिलो सुन्तला’ लेखेको कार्टुन उत्पादन गरेर बजारीकरणमा सघाएका हुन् ।

नगरपालिकाले पहिलो चरणमा दुई हजार दुई सय कार्टुन निर्माण गर्न ५० प्रतिशत अनुदान सुन्तला किसानलाई दिएका छन् । गणेश कृषि सहकारीका अध्यक्ष रामबहादुर खड्काका अनुसार सहकारीमार्फत सुन्तलाको ब्राण्ड बनाएर बजारीकरण गर्न थालिएको जानकारी दिए । उनले परीक्षणका लागि यस वर्ष दुई हजार दुई सय कार्टुन ‘सिगानाको रसिलो सुन्तला’ लेखेर बागलुङ नगरपालिकाको लोगो राखेर बजारमा सुन्तला पठाउन थालिएको बताएका छन् ।

“परीक्षणका लागि ब्राण्डिङको काम थालेका छौँ सिगानाको सुन्तलाको माग धेरै भयो, चर्चा समेत छ तर ब्राण्ड नुहँदा बजारीकरणमा समस्या भयो”, खड्काले भने , “अहिले एउटा कार्टुनलाई किसानले रू. ४० मा पाउँछन्, सुन्तला प्याकेजिङ गरेर पठाउँदा कार्टुनको मूल्य सुन्तलामै जोडिन्छ, पहिलो चरणमा नगरपालिका र सहकारी मिलेर रू. एक लाखका कार्टुन उत्पादन गरेका हौँ, कोसेलीका रूपमा पठाउँदा, मायाको चिनो प्रदान गर्दा ब्राण्डिङ गरेको कार्टुनमा राखेर पठाउँछौँ ।”

सिगानाको सुन्तला भन्दै अन्यत्रको सुन्तला बजारमा खरिद बिक्री भइरहेकाले ब्राण्डको आवश्यकता परेको सिगानाका सुन्तला किसानको भनाइ छ । खड्काले कार्टुनको मागअनुसार सहकारीले उत्पादन गर्नसक्ने बताउँदै सिगानाको सुन्तला नगरपालिकाकैै पहिचानसँग जोडिएकाले आगामी दिनमा नगरपालिकाले कार्टुन, क्यारेटजस्ता बजारीकरणमा सघाउने खालको अनुदानमा थप कार्यक्रम ल्याउन आवश्यक भएको खड्काको भनाइ छ ।

आयातित वस्तुलाई मायाको चिनोका रूपमा दिनुभन्दा गाउँको उत्पादन दिँदा पहिचान हुने हुँदा यहाँ उत्पादन भएको सुन्तला मायाको चिनोको रूपमा समेत दिन थालिएको छ । यहाँका किसानले वार्षिक रू तीन करोडको सुन्तला बिक्री गर्दै आएका छन् । यहाँ उत्पादन भएको सुन्तला बुटवल, पोखरा र काठमाडौँ निर्यात हुँदै आएको छ ।

वर्षौंदेखि यहाँका किसानले सुन्तला बिक्रीबाटै आम्दानी गर्दै आएकाले यसको प्रचारप्रसारका लागि ब्राण्डिङ गर्न थालिएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले जानकारी दिए ।

“सिगानाको सुन्तला हाम्रो पहिचान हो, यहाँ उत्पादन भएको सुन्तला अन्य ठाउँको भन्दा निकै स्वादिष्ट हुन्छ, धेरै उत्पादन हुने हुँदा किसानले यसबाट आम्दानी गर्दै आएका छन्, अब हामीले सिगानालाई सुन्तलालाई अन्तर्राष्ट्रियरूपमा चिनाउन आवश्यक छ, पहिलो चरणमा कार्टुन बनाइएको छ जुन कार्टुन ५० प्रतिशत छुटमा नगरपालिकाले किसानलाई उपलब्ध गराउन सुरू गरेको छ”, खड्काले भने ।

सिगानालाई सुन्तला अध्ययन केन्द्रका रूपमा समेत विकास गर्ने नगरपालिकाको लक्ष्य रहेको खड्काले बताए । यस वर्ष नगरपालिकाले रू. पाँच लाख लागतमा सुन्तलाका बिरूवा ५० प्रतिशत अनुदानमा वितरण गरेका छन् । सिगानामा दुई सय किसानले वार्षिक रू. एक लाखदेखि पाँच लाखसम्मको सुन्तला बजार पठाउँदै आएका छन् ।


प्रकाशित मिति: २२ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?