Trending
>>   आज २०८१ साल पौष २४ गते बुधबार,हेर्नुहोस आजको राशिफल >>   माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ अभियान चलाउने >>   भन्सार छली गरी लैजान लागेको ६१ ग्राम सुन सहित एकजना पक्राउ >>   आफ्नै बुबाको हत्या गरेको अभियोगमा छोरा र छोरी पक्राउ >>   प्रहरीको नक्कली इन्सपेक्टर बनी ठगी कार्यमा संलग्न दुई जना पक्राउ >>   सहकारी ठगी भन्ने मुद्दा नै हुँदैन, कसरी रविलाई अभियोग? >>   चीन केन्द्रबिन्दु भएर गएको भुकम्पबाट कति भयाे नेपालमा क्षति ?(विवरणसहित) >>   अध्यक्ष ओली र महासचिव पोखरेलको प्रतिवेदन पारित गर्दै सकियो एमाले केन्द्रीय कमिटी बैठक >>   खरिद विनियमावली एयरलाइन्समैत्री नहुँदा जहाज मर्मतमा ढिलाईः कार्यकारी अध्यक्ष अधिकारी >>   नेपाल वायुसेवा निगम दिनप्रतिदिन थप कमजोर हुँदै गएको छः पर्यटनमन्त्री पाण्डे
Logo
२३ पुष २०८१, मंगलवार
२३ पुष २०८१, मंगलवार

सहकारीहरुले हामी ठिक अवस्थामा छौँ भन्ने सन्देश दिन जरुरीः मन्त्री अधिकारी


काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बजारमा फिँजाइएका भ्रमहरु चिर्न सहकारीहरुले आफूहरु ठिक अवस्थामा रहेको सन्देश दिन जरुरी रहेको बताएका छन् ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले सहकारीबारे फैलाइएका हल्लाहरु मिथ्या मात्र हो भन्ने आधारमा अघि बढ्न जरुरी रहेको बताए ।

सबै सहकारीहरु एउटै तप्काका हुन् भन्ने भ्रम चिर्न सहकारीहरुले जनताको समस्या समाधान हुनेगरी कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने काम गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले छिमेकी मुलुकहरुले कृषिमा गरेको कामको अनुशरण गरेर अघि बढ्न जरुरी रहेको बताएका छन् ।

उनले भने , ‘हाम्रो भुगोल, माटो र चेतनाअनुसारका योजनाहरु ल्याउनुपर्छ । र छिमेकी मुलुकहरुमा सम्पर्क गर्दाखेरि हामी ति मुलुकहरुले गरेको प्रगति उन्नति र सहकारी क्षेत्रमा गरेका प्रगतिहरुलाई अनुशरण गरेर योजना बनाएर अगाडि बढियो भने मात्रै हामी सफल हुनसक्छौं । अर्कोतिर अहिले सहकारीको विषयमा विभिन्न खाले भ्रमहरु फैलिरहेको छ । हामी आफ्नो ठाउँमा ठिक छौं भन्ने सन्देश दियौं भने कसैको भ्रमले केही गर्दैन । साना किसान सहकारी संस्थाको सदस्य म पनि हो । मेरो संस्थको प्रतिनिधि पनि यहाँ आउनुभएको छ । र अहिले मेरै जिल्लाकोले पुरस्कृत पनि हुनुभएको छ । त्यसकारण हामीले सतहमा दौडेर हुन्न । बुझ्नेले पनि त्यहँ हिसावले बुझ्नुपर्‍यो व्यवहारमा ल्याउनेले पनि त्यही हिसावले व्यवहारमा ल्याउनुपर्यो । अहिले सहकारीहरु सबै एउटै प्रकृतिका हुन्, एउटै खाले हुन्, सहकारी ठिक छैनन्, सहकारी अब चाहिँदैनन् भन्ने एउटा तप्का छ । जनताको समस्या समाधान गर्नको लागि कृषिमा आधारित र जनताको जीवनस्तर उकास्ने भनेको सहकारी हो । किनेभने हामीले सहकारीमा वचत जम्मा गरेका हुन्छौं, त्यही वचत परिचालन गरेका हुन्छौं । त्यही वचतबाट आफ्नो आर्थिक स्थितिलाई उकास्न मद्दत गर्छ । त्यसैले सहकारी चाहिन्छ । त्यसकारण सहकारीमा फिँजाइएको यो हल्ला मिथ्या हो भन्ने आधारमा जान जरुरी छ ।’

उनले सहकारी क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नको लागि सरकारको मात्र मुख ताक्ने नभई सबैले आ—आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह समेत गरेका छन् ।


प्रकाशित मिति: २२ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?