Trending
>>   चीनमा यस्तो छ भूकम्पको क्षती >>   भूकम्प गएको एक घन्टामै ७ पराकम्प ! >>   एमाले केन्द्रीय कमिटी बैठक बस्दै >>   आज पशुपतिनाथलाई तातोपानीले नुहाइँदै >>   भूकम्पको केन्द्रबिन्दु चीन , ७ म्याग्निच्युडको गएको पुष्टि >>   आज २०८१ साल पौष २३ गते मंगलबार,हेर्नुहोस आजको राशिफल >>   काठमाडौंमा भूकम्पको धक्का >>   चरम सीमामा वन्यजन्तु-मानव सम्बन्ध >>   रविलाई मुद्दा चलाउने बित्तिकै फेरिए काठमाडौंका सीडीओ ! >>   ३ पटक ताज महल बेचेर पनि मलाई केही थाहा छैन भन्दै बारबार बचेका नटवरलाल…
Logo
२३ पुष २०८१, मंगलवार
२३ पुष २०८१, मंगलवार

प्रशासनिक नेतृत्वको कारण राजनीतिक नेतृत्व आक्रान्त बनेको छः प्रमुख सचेतक बर्तौला


काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले प्रशासनिक नेतृत्वको कारण राजनीतिक नेतृत्व आक्रान्त भएको बताएका छन् ।

आईतवार संघीय निजामती सेवा विधेयकका सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । उनले मुलुकको प्रशासनिक नेतृत्वलाई सुधार्न निजामती विधेयकमा गम्भिरताका साथ काम गनुपर्ने बताए ।

उनले राजनीतिक नेतृत्वले नीतिगत निर्णय मात्र गर्ने भएकोेले मुलुकको नेतृत्व कर्मचारी प्रशासनले गरिरहेको बताए । पछिल्लो समय ठूला ओहोदाको कर्मचारीले राज्य र सरकारले बनाएका ऐनहरुलाई नै चुनौति दिन थालेको बताए ।

उनले हेटौँडाको मैलव औद्योगिक क्षेत्रको उदाहरण दिँदै सरकारका नीतिगत निर्णयमा समेत सचिव तहका कर्मचारीहरु वाधक बनिरहेको बताए । उनले सरकारले गौरवको परियोजनाको रुपमा अघि सारेको उद्योगको सञ्चालनको निर्णयमा वन सचिवले टिप्पणी उठाएर सरकारलाई चुनौति दिइरहेको बताएका छन् ।

उनले भने , ‘यो निजामती विधेयकमा हामीले गम्भिरताका साथ केही कामहरु गर्नुपर्छ । नेपालमा हाम्रो लागि यो एउटा अपर्चुनिटी पनि हो । मुलुकमा एउटा राजनीतिक प्रशासन र अर्को निजामती प्रशासनलाई सुधार्न आवश्यक छ । निजामति प्रशासनले हरेक बिजनेशको लिड गर्छ । निर्णय गर्छ । राजनीतिक नेतृत्वले नीतिगत निर्णयबाट मात्र काम गर्छ । तर आज राजनीतिक नतेृत्व प्रशासनिक प्रशासनिक नेतृत्वबाट आक्रान्त भएर बसेको छ । एउटा सचिवले चाहँदाखेरि कतिसम्मको आप्ठ्यारो सिर्जना गर्नसक्दो रहेछ भन्नेकुरा केही दिन अगाडिको एउटा निर्णय छ । २०७३ सालमा केपी ओलीज्यु प्रधानमन्त्री भएको बेलामा सरकारले एउटा निर्णय गर्यो । हेटौँडाको औद्योगिक क्षेत्र घोषणा गर्यो । मैलव औद्योगिक क्षेत्रमा सरकारले बजेट नीति तथा कार्यक्रममा राख्यो । संसदले पारित गर्यो । संसदले पारित गरेको नीति तथा कार्यक्रम ऐनसरह लागू हुन्छ । त्यो योजना ८ वर्षदेखि अघि बढिरहेको थियो । अहिलेका एक जना वन सचिवले सचिवस्तरीय निर्णय गरेर त्यो औद्योगिक क्षेत्र मध्यवर्ती क्षेत्रमा पर्ने कारणले गर्दा र अर्को समेत उद्योग रहेको टिप्पणी गरेर उद्योग मन्त्रालयमा पठाइदियो । नेपाल सरकारले घोषणा गरेको गौरवको परियोजनामा एक सचिवले सरकारलाई र सरकारले बनाएको ऐन र नीतिलाई च्यालेन्ज गर्छ समस्या यहाँनिर हो । आज मुख्य पदमा सचिव बहाल हुँदहुँदै विभिन्न संस्थामा जागरि खान राजीनामा दिएर जान्छन् । अन्तर्राष्ट्रिय नियोगहरुमा जागिर खान जान्छन् । त्यो गम्भिर छ । ’

उनले कर्मचारी प्रशासनको सुधार नभएकै कारणले अहिले राज्यको प्रमुख प्रशासनिक क्षेत्रमा बहाल हुँदाहुँदै अन्तर्राष्ट्रिय नियोगहरुमा जागिर खान जानु गम्भिर विषय भएको बताए ।

अहिले संघीय निजामति सेवा विधेयक प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलको क्रममा रहेका छन् ।


प्रकाशित मिति: २१ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?