Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

चितवनमा रवि लामिछानेलाई हराउँदै चुनाव जित्छु : कांग्रेस नेता श्रेष्ठ


१६ चैत्र, काठमाडाैँ । नेपाली कांग्रेसका नेता जितनारायण श्रेष्ठले वैशाख १० गते हुने उपचुनावमा आफ्नो जित हुने दाबी गरेका छन् ।

बिहीबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले उनलाई चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले आफ्नो जित हुने दाबी गरेका हुन् । सञ्जारकर्मीहरूसँग बोल्दै  उनले मङ्सिरको हावाहुरी वैशाखमा नदेखिने दाबी गरेका छन् ।

उनले मङ्सिरमा त्यस निर्वाचन क्षेत्रबाट रवि लामिछानेले फन्डा गरेर जितेको आरोप लगाउँदै अहिले उनको पहिचान नै हराएको समेत बताएका छन् ।

‘मङ्सिरको चुनावमा चितवनमा पनि स्वाभाविक रूपमा हावाहुरी आएको थियो । त्यो हावाहुरी जसले लिएर आयो, त्यो मान्छे आफैँ अहिले नागरिककाे बीचमा आफ्नो स्थिति खोज्दै कहाँ हो मेरो पहिचान भन्ने स्थितिमा गएका छन् । कसले कसलाई समर्थन गरेको छ, कहिले कसलाई भोट हालेको छ, भोट हालेको कारण पनि खुलाउन पर्दैन, किन सरकारलाई समर्थन गरेको भनेर खुलाउन नपर्ने, के कारणले हो भन्ने कुरा नागरिकलाई भन्न नपर्ने, पार्टीबाट निर्णय गर्नु पनि नपर्ने, अनि आफूलाई मन लागेको कुरा जे पनि गरेको देखिएको छ । अब मङ्सिरको उल्टो परिणाम आउनेछ ।’ उनले भनेका छन् ।


प्रकाशित मिति: १६ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?