Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

चितवनमा रवि लामिछानेलाई हराउँदै चुनाव जित्छु : कांग्रेस नेता श्रेष्ठ


१६ चैत्र, काठमाडाैँ । नेपाली कांग्रेसका नेता जितनारायण श्रेष्ठले वैशाख १० गते हुने उपचुनावमा आफ्नो जित हुने दाबी गरेका छन् ।

बिहीबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले उनलाई चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने निर्णय गरेसँगै उनले आफ्नो जित हुने दाबी गरेका हुन् । सञ्जारकर्मीहरूसँग बोल्दै  उनले मङ्सिरको हावाहुरी वैशाखमा नदेखिने दाबी गरेका छन् ।

उनले मङ्सिरमा त्यस निर्वाचन क्षेत्रबाट रवि लामिछानेले फन्डा गरेर जितेको आरोप लगाउँदै अहिले उनको पहिचान नै हराएको समेत बताएका छन् ।

‘मङ्सिरको चुनावमा चितवनमा पनि स्वाभाविक रूपमा हावाहुरी आएको थियो । त्यो हावाहुरी जसले लिएर आयो, त्यो मान्छे आफैँ अहिले नागरिककाे बीचमा आफ्नो स्थिति खोज्दै कहाँ हो मेरो पहिचान भन्ने स्थितिमा गएका छन् । कसले कसलाई समर्थन गरेको छ, कहिले कसलाई भोट हालेको छ, भोट हालेको कारण पनि खुलाउन पर्दैन, किन सरकारलाई समर्थन गरेको भनेर खुलाउन नपर्ने, के कारणले हो भन्ने कुरा नागरिकलाई भन्न नपर्ने, पार्टीबाट निर्णय गर्नु पनि नपर्ने, अनि आफूलाई मन लागेको कुरा जे पनि गरेको देखिएको छ । अब मङ्सिरको उल्टो परिणाम आउनेछ ।’ उनले भनेका छन् ।


प्रकाशित मिति: १६ चैत्र २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?