Trending
>>   औषधिमा नागरिकको कम खर्च हुने स्थिति निर्माण गर्न जरुरीः स्वास्थ्यमन्त्री पौडेल >>   सुन्तलाको बजारीकरणमा सघाउँदै नगरपालिका >>   नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठकमा नेपालको एजेण्डा ‘कृषिजन्य वस्तुको निर्यातमा अवरोध हटाउने हुनुपर्छ’ >>   सहकारीहरुले हामी ठिक अवस्थामा छौँ भन्ने सन्देश दिन जरुरीः मन्त्री अधिकारी >>   चिसोसँगै काठमाडौँ उपत्यकाको वायु प्रदूषण बढ्यो >>   जनमत पार्टीद्वारा कार्यदल गठन >>   गाजा युद्धविराम छिट्टै हुनेमा ब्लिन्केन ‘विश्वस्त’ >>   जीर्ण बन्दै नख्खु करिडार, सास्ती खेप्दै स्थानीय >>   भारतीय तटरक्षक गार्डको हेलिकप्टर गुजरातमा दुर्घटना हुँदा ३ जनाको मृत्यु >>   टर्कीद्वारा सिरियाको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको आग्रह
Logo
२२ पुष २०८१, सोमबार
२२ पुष २०८१, सोमबार

माइक जोनसन अमेरिकी संसदको सभामुखमा पुनः निर्वाचित


काठमाडौँ । माइक जोनसनले शुक्रवार अमेरिकी हाउस स्पिकरमा पुनः विजयी भएका छन् ।

रिपब्लिकन सांसदहरुको बहुमतमा पुनः चुनाव जितेका छन् । पार्टीका तीन सदस्यहरूमध्ये दुई जनालाई पराजित गरेसँगै उनले निर्वाचन जितेका हुन् । अन्तिम मत संख्या २१८ देखि २१६ थियो । सबै २१५ डेमोक्र्याटहरूले अल्पसंख्यक नेता हाकिम जेफ्रीस र केन्टकीका रिपब्लिकन काँग्रेसका थोमस मासीले अर्को उम्मेद्वार – जिओपी ह्विप टम एमरलाई मतदान गरेका थिए ।

दुई अन्य हाउस रिपब्लिकन – साउथ क्यारोलिनाका राल्फ नर्मन र टेक्सासका किथ सेल्फ –ले स्पिकरका लागि अन्य उम्मेद्वारहरूलाई मतदान गरेका थिए । जोनसनसँग अन्तिम मिनेटको वार्तापछि भोट परिवर्तन गरेका थिए ।

लुइसियानाका ५२ वर्षीय जोनसन रिपब्लिकन पार्टीको आन्तरिक कलहका कारण शुरुमा प्रतिनिधि सभाको सभामुख निर्वाचित भएका थिए । अक्टोबर ३, २०२३ मा क्यालिफोर्निया रिपब्लिकन पूर्वसभामुख केभिन म्याकार्थीलाई पार्टीको अति दक्षिणपन्थी कन्जरभेटिभहरूको विरोधको कारणले अपदस्थ गरिएका थिए ।

नेतृत्वविहीन अवधिको तीन हप्तापछि चौथो चरणको मतदानमा अक्टोबर २५, २०२३ मा जोनसनलाई सभामुख चयन गरियो । नोभेम्बर २०२४ अमेरिकी सदन चुनावमा रिपब्लिकन पार्टीले बहुमत कायम गर्न सफल भयो । रिपब्लिकनहरूले हाल २१९ सिटहरू राखेका छन् ।

जबकि डेमोक्र्याटहरूले ४३५ सिटहरू मध्ये २१५ सिटहरू राखेका छन् ।


प्रकाशित मिति: २० पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?