Trending
>>   विद्युत प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउँछौंः कुलमान घिसिङ >>   नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कमिटी बैठक जारी >>   इलेक्ट्रिकल इन्जिनियरका विद्यार्थीलाई स्थलगत अध्ययन गराउन आवश्यकः ऊर्जामन्त्री खड्का >>   आगामी अधिवेशनमा ३० वटा विधेयक पारित गर्ने सरकारको तयारी >>   एमाले केन्द्रिय कमिटी बैठक जारी >>   नेकपा एमाले केन्द्रिय कमिटी बैठक (तस्बिरहरु) >>   नयाँ संगठनात्मक सिद्धान्त विकास गर्न माओवादी नेताहरुको सुझाव >>   प्रशासनिक नेतृत्वको कारण राजनीतिक नेतृत्व आक्रान्त बनेको छः प्रमुख सचेतक बर्तौला >>   प्रतिकूल मौसमले हवाई उडान प्रभावित >>   रास्वपा केन्द्रिय समिति बैठक (तस्बिरहरु)
Logo
२१ पुष २०८१, आईतवार
२१ पुष २०८१, आईतवार

माघ ४ देखि काठमाडौंमा नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै


काठमाडौँ । माघ ४ देखि ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा नेपाल वुड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनी २०८१ सञ्चालन हुने भएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि., फ्युचरेक्स ट्रेड फेयर इभेन्ट्स प्रा.लि. र एक्जिबिसन एण्ड ट्रेड सर्भिसेस इण्डिया प्रा.लि. (इ.टि.एस.पि..एल) को संयुक्त आयोजनामा मेला हुन लोगेको हो । मेलामा स्वदेशी तथा विदेशी गरी १ सय ५० भन्दा बढी स्टल रहने मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताए ।

उनकाअनुसार फनिर्चर, प्लाइउड तथा काठ औजारका कम्पनी, ल्यामिनेट, विभिन्न कम्पनिका डिलर, सब डिलर र विक्रेताहरुले काठ व्यवसायसँग सम्बन्धित उत्पादनहरुको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनको लागि प्रदर्शनी कोशेढुंगा सावित हुँदै आएका छन् ।

यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरुहरुको उल्लेखनीय सहभागिता रहने बताए ।

१० औं संस्करणमा धेरै नयाँ प्रविधी र सामग्रीका प्रदर्शनी रहने बताए । अवलोकनकर्ताहरुले अत्याधुनिक प्रविधि, उन्नत मेसिनरी र नवीन उत्पादनहरू हेर्न पाउने बताए । १० औं संस्करणमा फर्निचर निर्माता, किचन मेकर, आरा मिलर, बोर्ड मेकर, फिटिङ र कम्पोनेन्ट निर्माता, व्यापारी, वास्तुविद्, भवन निर्माणकर्ता र इन्टेरियर डिजाइनर आदि सबै क्षेत्रका उन्नत मेसिनरी र नवीन उत्पादनहरूको उल्लेख्य सहभागिता रहने जानकारी दिएका छन् ।

प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ, फनिर्चर र होम टेक्सटायल क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

उनले भने , ‘माघको ४,५ र ६ गते काठमाडौंको भृकुटीमण्डपमा नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल फर्निचर एक्स्पो हुँदैछ । यो हाम्रो वार्षिक कार्यक्रममध्येको एक हो । हामी अब नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनीको १० औं संस्करण गर्न गइरहेका छौँ । नेपाल वुड अन्तर्राष्ट्रिय प्रदर्शनीको १० औं संस्करण बिहान १० देखि बेलुका ६ बजेसम्म हुनेछ । यो प्रदर्शनीमा हाम्रो नेपाली तथा विदेशी गरेर १५० वटा कम्पनीका स्टल रहनेछन् । १० औं संस्करणसम्म आइपुग्दा प्लाइवुड सेक्टर, फर्निचर मेकिङ सेक्टरमा राम्रा राम्रा मेसिनरीहरुलाई नेपालमा ल्यायौँ । आफ्ना मेसिनरी अपडेट गर्ने माध्यमको रुपमा यसलाई राख्यौँ, अहिले नेपालबाट प्लाइवुडहरु इण्डिया एक्सपर्ट भइरहेको छ । टेक्नोलोजी नेपाल भित्र्याउने उपलब्धीका हिसावमा हामी प्रदर्शनीलाई मान्छौँ । ’

प्रदर्शनीमा घर बनाउन चाहने ब्यक्ति , आम नागरीक बाहेक नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनीयरस तथा इन्टीरीयर डिजाइनरहरुको सहभागिता रहने बताए । प्रदर्शनीले नेपालको काठ, फनिर्चर र होम टेक्सटायल क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउने विश्वास व्यक्त गरेका छन् ।

प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादन सम्बन्धि कार्यहरुमा पनि सकारात्मक भुमिका निर्वाह गर्ने प्रवन्ध निर्देशक भट्टराईले बताए । प्रदर्शनीमा घर सजावटलाई चाहिने सामग्रीहरु पनि राखिने जानकारी दिएका छन् ।


प्रकाशित मिति: १९ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?