Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

के हाे सचिन परियारलाई लागेकाे १० लाखमा तीन जनालाई लाग्ने रोग?


सचिनलाई १० लाख जनसंख्यामध्ये तीन जनामालाई लाग्ने रोग लागेको थियो । बाल गायक सचिन परियारको निधन हृदयाघातका कारण भएको त्रिवि शिक्षण (टिचिङ) अस्पतालले जानकारी दिएको छ।

अस्पतालले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार १५ वर्षीय सचिन ५ वर्षभन्दा बढी समयदेखि त्रिवि शिक्षण अस्पतालमा पटकपटक भर्ना भएका थिए। उनलाई जन्मजात थर्ड भेन्ट्रिकुलर सिस्ट थियो। याे दुर्लभ ब्रेन ट्युमर हो, जुन १० लाख जनसंख्यामध्ये तीन जनामा मात्र हुन्छ । जसको उपचारका लागि न्युरोसर्जरी गरिएको थियो।

उनमा सेन्ट्रल डाइबेटिज इन्सिपिडस पनि थियो। यसैले उनलाई दैनिक डेस्मोप्रेसिन लिन सल्लाह दिइएको थियो। तर यो पालना गरिएन। यसपटक उनलाई तीव्र ज्वरो र सास फेर्न गाह्रो हुने भएपछि यही पुस १३ गते अस्पताल भर्ना गरिएको थियो। उनलाई भेन्टिलेटरमा राखेर बचाउने सक्दो प्रयास गरिएको थियो। तर अस्पताल भर्ना भएको ५ दिनका दिन आज (बिहीबार) उनको फोक्सोबाट अचानक गम्भीर रूपमा रक्तस्राव सुरु भयो, जसले गर्दा उनलाई अक्सिजन अपुग भयो र अचानक हृदयाघात भयो।सोही कारण आज (पुस १८ गते) बिहान १० बजेर ४० मिनेट जाँदा उनको मृ,त्यु भएको शिक्षण अस्पतालले जानकारी दिएको छ।


प्रकाशित मिति: १८ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?