Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

नतिजा देखिनेगरी काम गरौँ : मन्त्री यादव


बुटवल । खानेपानीमन्त्री प्रदीप यादवले निर्माणाधीन खानेपानी आयोजनामा नतिजा देखिनेगरी तोकिएको समयमा काम सम्पन्न हुनुपर्ने बताएका छन् । बुटवलस्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवल कार्यालयको आज निरीक्षण एवं अनुगमनपछि मन्त्री यादवले मानिसलाई बाँच्नका लागि आवश्यकपर्ने पहिलो चिज पानी भएकाले खानेपानीका क्षेत्रमा भइरहेका कामको नतिजा देखिनेगरी समयमै काम गर्नुपर्ने बताए ।

मन्त्री यादवले भने, “मानिसलाई बाँच्नका लागि आवश्यकपर्ने सबैभन्दा महत्त्वपूर्ण चिज भनेको पानी हो । नागरिकलाई शुद्ध पानी प्रदान गर्ने उद्देश्यले सञ्चालनमा रहेका हाम्रा सबै खानेपानी आयोजनाको नतिजा देखिनेगरी काम गरौँ ।”

मन्त्री यादवले हाल सञ्चालनमा रहेका खानेपानी आयोजनामा कुनै पनि समस्या आइपरे अथवा बाधा अवरोध सिर्जना भए सो कुराको जानकारी तत्काल आफूलाईसहित मन्त्रालयमा गराउनसमेत उनले सबैलाई आग्रह गरे । उनले भने, “खानेपानी जस्तो अत्यावश्यक चिजमा बाधा अवरोध हुनुहुँदैन । कति कतै कुनै समस्या आइपरे त्यसको जानकारी मलाईसहित मन्त्रालयमा गराउनु होला । समस्याको समाधान हामीले निकाल्ने छौँ ।”

अनुगमन तथा निरीक्षणकै क्रममा मन्त्री यादवले हाल निर्माणाधीन अवस्थामा रहेका खानेपानीका आयोजनामा केही निर्माण व्यवसायीले विभिन्न बाहना बनाएर काम ढिलो गर्ने र तोकिएको समयमा सम्पन्न नगर्ने गरेको भन्ने जन गुनासो सुनिएकाले निर्माणमा ढिलासुस्तीको काम तत्काल बन्द गर्नसमेत आग्रह गरे ।

मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, मन्त्रालयका सहसचिव रमाकान्त दुवाडी, सहसचिव राजेन्द्र सापकोटालगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: १८ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?