Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नतिजा देखिनेगरी काम गरौँ : मन्त्री यादव


बुटवल । खानेपानीमन्त्री प्रदीप यादवले निर्माणाधीन खानेपानी आयोजनामा नतिजा देखिनेगरी तोकिएको समयमा काम सम्पन्न हुनुपर्ने बताएका छन् । बुटवलस्थित सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवल कार्यालयको आज निरीक्षण एवं अनुगमनपछि मन्त्री यादवले मानिसलाई बाँच्नका लागि आवश्यकपर्ने पहिलो चिज पानी भएकाले खानेपानीका क्षेत्रमा भइरहेका कामको नतिजा देखिनेगरी समयमै काम गर्नुपर्ने बताए ।

मन्त्री यादवले भने, “मानिसलाई बाँच्नका लागि आवश्यकपर्ने सबैभन्दा महत्त्वपूर्ण चिज भनेको पानी हो । नागरिकलाई शुद्ध पानी प्रदान गर्ने उद्देश्यले सञ्चालनमा रहेका हाम्रा सबै खानेपानी आयोजनाको नतिजा देखिनेगरी काम गरौँ ।”

मन्त्री यादवले हाल सञ्चालनमा रहेका खानेपानी आयोजनामा कुनै पनि समस्या आइपरे अथवा बाधा अवरोध सिर्जना भए सो कुराको जानकारी तत्काल आफूलाईसहित मन्त्रालयमा गराउनसमेत उनले सबैलाई आग्रह गरे । उनले भने, “खानेपानी जस्तो अत्यावश्यक चिजमा बाधा अवरोध हुनुहुँदैन । कति कतै कुनै समस्या आइपरे त्यसको जानकारी मलाईसहित मन्त्रालयमा गराउनु होला । समस्याको समाधान हामीले निकाल्ने छौँ ।”

अनुगमन तथा निरीक्षणकै क्रममा मन्त्री यादवले हाल निर्माणाधीन अवस्थामा रहेका खानेपानीका आयोजनामा केही निर्माण व्यवसायीले विभिन्न बाहना बनाएर काम ढिलो गर्ने र तोकिएको समयमा सम्पन्न नगर्ने गरेको भन्ने जन गुनासो सुनिएकाले निर्माणमा ढिलासुस्तीको काम तत्काल बन्द गर्नसमेत आग्रह गरे ।

मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, मन्त्रालयका सहसचिव रमाकान्त दुवाडी, सहसचिव राजेन्द्र सापकोटालगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: १८ पुष २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?