Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

मधेसको राजनीतिमा निष्ठाको आवश्यकता छः सांसद सिंह


काठमाडौँ। स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह मधेसको राजनीतिमा निष्ठाको आवश्यकता रहेको बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसद सिंहले मधेसको राजनीतिमा व्यापारिकरण मौलाएको टिप्पणी गरेका छन् । उनले मधेसको राजनीतिमा भइरहेको व्यापारिकरण नहटेसम्म मधेसका जनताले न्याय नपाउने बताउदै उनले मधेसका जनताले त्याग गरेको भएपनि राजनीतिक नेतृत्वले त्याग गर्न नसक्दा मधेसको विकास र समृद्धि हुन नसकेको पनि बताउदै उनले मधेसका जनताले निराश भएर बस्नुभन्दा संगठित भएर अगाडि बढ्न जरुरी रहेको उनको भनाइ रहेको छ ।

उनले भने, ‘जबससम्म मधेसको राजनीतिको व्यापारिकरण हट्दैन मधेसको जनता अगाडि गन्तव्यमा पुग्छ भन्नेमा मलाई शंका लाग्छ । आज मधेसमा उही नेता छ जसले ५०० जनालाई दारु र मासु खुवाउन सक्छ । त्यो पनि तस्करी र सरकारी सम्पती लुटेर होला । यसरि राजनीति हुँदैन । राजनीति निष्ठा हो । आज मधेसको राजनीतिमा निष्ठाको आवश्यकता छ । त्यागको आवश्यकता छ । जहिले पनि मधेसी जनताले त्याग गरेको छ । नेताले त्याग गरेको छैन । यो यथार्थ हो । म कसैप्रति टिकाटिप्पणी गर्दिन । मेरो पिएचडीको विषय नै मधेस थियो । जुन हकिकत मधेसीको छ त्यहि हकिकत श्रीलंकाको तमिलको छ । अन्य धेरै देशमा छ । तर न्याय पाएन भनेर निराश भएर बसेर पनि समाधान हुँदैन । न्यायको लागि संगठित भएर आउनुपर्यो ।’

उनले मधेस सरकारको नेतृत्व मधेसवादी दलले नै गरेको भएपनि शिक्षा र स्वास्थ्यको क्षेत्रमा उपलब्धी नभएको बताएका छन् ।


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?