Trending
>>   ‘रास्वपा सांसद जगदीश खरेललाई नेवार बन्ने रहर–मागे ज्यापू समाजको मानार्थ सदस्य’ >>   जलवायु न्यायको बाटोमा घरेलु सुशासनको ऐना >>   ललितपुरका अधिकांश सम्पदा संरक्षण तथा पुनर्निर्माणका काम गरिसक्यौँः चिरिबाबु महर्जन >>   हावाहुरीले बुढीचौरका गोलभेँडा खेतीमा क्षति, किसानको लगानी जोखिममा >>   सम्पदा र संस्कृति संरक्षणका लागि आवश्यक कानून निर्माणमा पहल गर्छुः सभामुख अर्याल >>   कुलेखानी ड्याम सुरक्षित छः ऊर्जामन्त्री श्रेष्ठ >>   काँग्रेस फुटेको छैन, विवाद मिलाउने जिम्मेवारी हाम्रो होः डा. सुनिल शर्मा >>   सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा >>   हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी >>   बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह
Logo
१८ आश्विन २०८३, आईतवार
१८ आश्विन २०८३, आईतवार

हवाई उडानको अनुमति दिने/नदिने विषय स्थानीय तह र राष्ट्रिय निकुञ्जको होइन, कारबाही हुन्छः महानिर्देशक अधिकारी


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले स्थानीय तह र राष्ट्रिय निकुञ्जहरुले हेलिकोप्टर उडानमा रोक लगाए कारबाही गर्ने चेतावनी दिएका छन् ।

मंगलवार नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औं वार्षिकोत्सवको उपलक्ष्यमा प्राधिकरणको वार्षिक प्रगति विवरण प्रश्तुत गरिसकेपछि उठेका प्रश्नको जवाफ दिँदै महानिर्देशक अधिकारीले यस्तो चेतावनी दिएका हुन् ।

गत मंसिरमा सगरमाथा राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा थप चुनौति थपिएको भन्दै व्यावसायिक हेलिकोप्टर उडानमा रोक लगाएका थिए । सोही विषय सम्बन्धित रहेर उठाइएको प्रश्नको जवाफ दिँदै महानिर्देशक अधिकारीले नेपालमा हवाई उडानको अनुमति दिने वा नदिने विषय नागरिक उड्डयन प्राधिकरणले मात्रै दिनसक्ने बताए ।

नियम विपरित र कार्य क्षेत्र विपरित काम भए नेपाल नागरिक उड्डयन प्राधिकरण २०५३ र गैरसैनिक हवाई उडान ऐन, २०१५ बमोजिम राज्यका कर्मचारी, जनताले निर्वाचित गरेका पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

उनले भने , ‘हेलिकप्टर उडानको विषयमा गम्भीर कुरा उठेको छ । नियमन गर्ने, मिलाउनुपर्ने कुराहरु छ । बसेर, सल्लाह गरेर मिलाउन सकिन्छ । तर यो कस्तो भयो भने काठमाडौंबाट कुनै डेस्टिनेशनमा उड्यो, तलका सबै वडा कार्यालयहरुले मेरो माथि ओभरफ्लाइटको पैसा लिनु भनेको जस्तो भयो के यो । नेपालमा हवाई उडानको होलसोल अथुरिटी भनेको सिभिल एभिएशन हो मात्रै त्यो निकाय हो जसले उडान अनुमति दिनसक्छ । जसले उडान अनुमति रोक्नसक्छ । अब यहाँ गाविसले, राष्ट्रिय निकुञ्जले यो गर्न थालेपछि त अब यो कसको काम के भन्नेकुरा थाहा भएन नि । मेरो अनुरोध छ, उहाँहरुलाई की नेपाल नागरिक उड्डयन प्राधिकरण २०५३ र गैरसैनिक हवाई उडान ऐन, २०१५ बमोजिम राज्यका कर्मचारी, जनताले निर्वाचित गरेका पदाधिकारीलाई कारबाही गर्ने बाटोतर्फ उहाँहरु जानुहुन्न भन्ने मेरो विश्वास हो ।’

महानिर्देशक अधिकारीले हवाई उडान रोक्छु भन्ने शब्द पनि प्राधिकरणले सुन्न नसक्ने बताएका छन् ।


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?