Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

बालविवाह न्युनिकरणका लागि तीनै तहको सरकारको सहकार्य जरुरी: मन्त्री राई


काठमाडौँ । कार्यक्रममा बोल्दै कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले बालविवाह न्युनिकरणका लागि तीनै तहको सरकारले सहकार्य र समन्वयकारी भुमिका खेल्न जरुरी रहेको बताएका छन् ।

उनले स्थानीय सरकारलाई बाल ववाह न्युनिकरणका अझै सक्रिय बनाउन जरुरी रहेको बताए । उनले समग्र मुलुकका बालबालिकाहरु बाल विवाहको चक्तव्युहमा फसिरहेको उनको भनाई छ । उनले प्रदेशमा बालविवाह न्युनिकरणका लागि प्रदेश सरकार लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले भने , ‘बालविवाह न्युनिकरणका लागि तीनै तहको सरकारले सहकार्य र समन्वयकारी भुमिका खेल्नुपर्ने देखिन्छ । खासगरि स्थानीय सरकारलाई बाल विवाह न्युनिकरणका लागि सक्रिय बनाउनुपर्ने मलाई लागेको छ । हामीले संघमा धेरै गोष्ठीहरु गरिसक्यौं । अबेर भइसक्यो । अब हामीले ढिलो गर्ने होइन । हामीबाटै शुरु गर्नुपर्दछ । हामीले हाम्रो समाजको सबैभन्दा तल सेवा प्रदान गर्न खोज्ने भुइँ मान्छेहरु तल छन् । यो अभियानको चक्रव्युहमा फसिरहेका हाम्रा बालबालिकाहरु पनि तल छन् । बालविवाह पुर्ण रुपमा मुक्त गराउनका लागि कोसी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको तर्फबाट प्रतिवद्धता पनि जाहेर गर्न चाहन्छु । ढिलो र विलम्व नगरी हामीले स्थानीय सरकारसँग सहकार्य र संघ सरकारसँग समन्वय गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।’

कार्यक्रममा अधिकांश वक्ताहरुले बालविवाहका कारण समग्र मुलुकको शिक्षा र प्रजजन स्वास्थ्यको क्षेत्र चुनौतिपूर्ण बन्दै गएको बताए । विद्यमान कानूनको पुनर्निर्माण र कार्यान्वयनमा उनीहरुको जोड छ ।


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?