Trending
>>   नयाँ सांसदहरूको शपथ ग्रहण १२ गते गर्ने तयारी >>   बिहीवारदेखि राजनीतिक दललाई संसदीय दलको कार्यालय उपलब्ध गराएका छौँः प्रवक्ता गिरी >>   राष्ट्रपति पौडेलसमक्ष निर्वाचन, २०८२ को अन्तिम प्रतिवेदन पेश >>   असनमा मनाइयो देवता जुधाउने जात्रा (फोटो फिचर) >>   पञ्चाङ्गमा एकरूपता र कार्यान्वयनका चुनौती औँल्याउँदै मनाइयो ज्योतिष दिवस >>   शनिवार पूर्वी क्षेत्रमा ११९ किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने प्रक्षेपण, अनावश्यक यात्रा नगर्न सुझाव >>   एमालेले सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छः सचिव अर्याल >>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

बालविवाहको समस्याले समग्र देश प्रताडित : मन्त्री जयसवाल


काठमाडौँ । कार्यक्रममा बोल्दै मधेस प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोदकुमार जयसवालले बालविवाहको समस्याले समग्र देश प्रताडित बनेको बताए ।

उहाँले मधेस प्रदेश सबैभन्दा धेरै बाल विवाहको समस्या झनै विकराल बन्दै गइरहेको उल्लेख गर्दै बालविवाह मुक्त अभियानको थालनी गर्न नहुने बताए । उनले बालविवाह हुनुका मुख्य कारक तत्वहरुको पहिचान गरी सोहीअनुसारको योजना बनाउँदै अगाडि बढ्न जरुरी रहेको बताएका छन् । उनले बालविवाहसँगै दाइजो प्रथाको अन्त्य गर्न अभियानको थालनी गर्न विलम्व गर्न नहुने उनको भनाइ छ ।

उनले भने , ‘बाल विवाहको समस्यामा देशको धेरै भूभाग प्रताडित छ । मधेस प्रधेश प्रदेश पनि एउटा यस्तो प्रदेश हो जहाँ बाल विवाहले यस्तो सम्मको जरा गाडेको छ । र अन्यायपूर्ण सम्बन्धको रुपमा स्थापित भएको प्रचलनका रुपमा बाल विवाह स्थापित छ । यसलाई रोक्ने अभियानमा हामी लाग्नुपर्छ । यसको न्युनिकरण गर्ने अभियानमा लाग्नुपर्छ । यसको लागि अन्तरक्रियाको जरुरत छैन जस्तो मलाई लाग्छ । बाल विवाह रोकिनुको सट्टा किन बढिरहेको छ भन्नेकुरा छलफलको विषय बन्नुपर्दछ । विभिन्न समुदायमा यसको अलग अलग कथाव्यथा हुनसक्छ । कुन परिवेशमा के कारक तत्व रहेका छन् र यसलाई कसरि चिर्ने भन्ने किसिमको प्लान गरेर हामी अगाडि बढ्नुपर्दछ । मधेसका समग्र भूभागहरु कर्णालीपछि बाल विवाहको अवस्था एकदमै बढी छ । बालविवाहसँगै दाइजोको कुरा गरेनौं भने हाम्रो अभियान अधुरो हुन सक्दछ । हामी प्रदेश सरकारको तर्फबाट यसको न्युनिकरणका लागि लागिपरेको अवस्था छँदैछ ।’


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?