Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

बालविवाहको समस्याले समग्र देश प्रताडित : मन्त्री जयसवाल


काठमाडौँ । कार्यक्रममा बोल्दै मधेस प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोदकुमार जयसवालले बालविवाहको समस्याले समग्र देश प्रताडित बनेको बताए ।

उहाँले मधेस प्रदेश सबैभन्दा धेरै बाल विवाहको समस्या झनै विकराल बन्दै गइरहेको उल्लेख गर्दै बालविवाह मुक्त अभियानको थालनी गर्न नहुने बताए । उनले बालविवाह हुनुका मुख्य कारक तत्वहरुको पहिचान गरी सोहीअनुसारको योजना बनाउँदै अगाडि बढ्न जरुरी रहेको बताएका छन् । उनले बालविवाहसँगै दाइजो प्रथाको अन्त्य गर्न अभियानको थालनी गर्न विलम्व गर्न नहुने उनको भनाइ छ ।

उनले भने , ‘बाल विवाहको समस्यामा देशको धेरै भूभाग प्रताडित छ । मधेस प्रधेश प्रदेश पनि एउटा यस्तो प्रदेश हो जहाँ बाल विवाहले यस्तो सम्मको जरा गाडेको छ । र अन्यायपूर्ण सम्बन्धको रुपमा स्थापित भएको प्रचलनका रुपमा बाल विवाह स्थापित छ । यसलाई रोक्ने अभियानमा हामी लाग्नुपर्छ । यसको न्युनिकरण गर्ने अभियानमा लाग्नुपर्छ । यसको लागि अन्तरक्रियाको जरुरत छैन जस्तो मलाई लाग्छ । बाल विवाह रोकिनुको सट्टा किन बढिरहेको छ भन्नेकुरा छलफलको विषय बन्नुपर्दछ । विभिन्न समुदायमा यसको अलग अलग कथाव्यथा हुनसक्छ । कुन परिवेशमा के कारक तत्व रहेका छन् र यसलाई कसरि चिर्ने भन्ने किसिमको प्लान गरेर हामी अगाडि बढ्नुपर्दछ । मधेसका समग्र भूभागहरु कर्णालीपछि बाल विवाहको अवस्था एकदमै बढी छ । बालविवाहसँगै दाइजोको कुरा गरेनौं भने हाम्रो अभियान अधुरो हुन सक्दछ । हामी प्रदेश सरकारको तर्फबाट यसको न्युनिकरणका लागि लागिपरेको अवस्था छँदैछ ।’


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?