Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना भएपनि उपयोग गर्न सकेका छैनौँः पर्यटनमन्त्री पाण्डे


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना भएपनि नेपालले उपयोग गर्न नसकेको बताएका छन् ।

मंगलवार नेपाल पर्यटन बोर्डको २६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा पर्यटन क्षेत्रको प्रशस्त सम्भाना रहेको र सबैले समन्वय गरेर पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले पर्यटन क्षेत्रको प्रशस्त सम्भावना भएपनि पर्यटन क्षेत्रले स्वरोजगार र जिडिपीमा न्युनतम मात्रै योगदान गरेको बताए । उनले पर्यटनको प्रशस्त सम्भावना छ मात्रै भनिरहने भन्दा पर्यटन प्रवद्र्धनका लागि काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्र मिलेर परिणाम ल्याउने गरी काम गर्नुपर्ने बताए । पर्यटन सम्बन्धी निकायहरुबीच समन्वय आवश्यक रहेको बताएका छन् ।

उनले भने , ‘अहिले पर्यटन क्षेत्रको प्रशस्तै सम्भावना छ पनि भन्छौँ । तर उपयोग गर्न सकिरहेका छैनौँ । एकदमै झिनो मात्रै योगदान छ । देशको स्वरोजगारीमा अथवा जिडिपिमा न्युनतम मात्रै योगदान छ । त्यसैले हामीले भन्ने यि कथाहरु भनिमात्रै रहने हो, दाहोर्‍याइमात्रै रहने हो भने पुराणा वाचन जस्तो पर्यटन क्षेत्रबाट हामी निकै माथि पुग्नसक्छौँ, पटक पटक पुनरावृत्तिको यसको अर्थ छैन । यसका लागि हामीले परिणाम ल्याउनुपर्छ । हाम्रा सबै निकायहरु यहाँ हुनुहुन्छ । निकायहरु समन्वयात्मक ढंगले काम गर्नुस् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय यो मन्त्रालय कतिपय देशमा तीन वटा छ । यो तीन स्तम्भै समेटिएको छ ।’

मन्त्री पाण्डेले सरकार र निजी क्षेत्र मिलेर पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताए । उनले कामको चाङमा जुठो हाल्ने तर फत्ते नगर्ने प्रवृत्तिले समस्या रहेको बताए ।

नेपाल आउने पर्यटकहरुलाई राम्रो स्वागत सत्कार गरे पर्यटन प्रवद्र्धनका लागि नेपालको प्रचार हुने बताएका छन् ।


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?