Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना भएपनि उपयोग गर्न सकेका छैनौँः पर्यटनमन्त्री पाण्डे


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना भएपनि नेपालले उपयोग गर्न नसकेको बताएका छन् ।

मंगलवार नेपाल पर्यटन बोर्डको २६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा पर्यटन क्षेत्रको प्रशस्त सम्भाना रहेको र सबैले समन्वय गरेर पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले पर्यटन क्षेत्रको प्रशस्त सम्भावना भएपनि पर्यटन क्षेत्रले स्वरोजगार र जिडिपीमा न्युनतम मात्रै योगदान गरेको बताए । उनले पर्यटनको प्रशस्त सम्भावना छ मात्रै भनिरहने भन्दा पर्यटन प्रवद्र्धनका लागि काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्र मिलेर परिणाम ल्याउने गरी काम गर्नुपर्ने बताए । पर्यटन सम्बन्धी निकायहरुबीच समन्वय आवश्यक रहेको बताएका छन् ।

उनले भने , ‘अहिले पर्यटन क्षेत्रको प्रशस्तै सम्भावना छ पनि भन्छौँ । तर उपयोग गर्न सकिरहेका छैनौँ । एकदमै झिनो मात्रै योगदान छ । देशको स्वरोजगारीमा अथवा जिडिपिमा न्युनतम मात्रै योगदान छ । त्यसैले हामीले भन्ने यि कथाहरु भनिमात्रै रहने हो, दाहोर्‍याइमात्रै रहने हो भने पुराणा वाचन जस्तो पर्यटन क्षेत्रबाट हामी निकै माथि पुग्नसक्छौँ, पटक पटक पुनरावृत्तिको यसको अर्थ छैन । यसका लागि हामीले परिणाम ल्याउनुपर्छ । हाम्रा सबै निकायहरु यहाँ हुनुहुन्छ । निकायहरु समन्वयात्मक ढंगले काम गर्नुस् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय यो मन्त्रालय कतिपय देशमा तीन वटा छ । यो तीन स्तम्भै समेटिएको छ ।’

मन्त्री पाण्डेले सरकार र निजी क्षेत्र मिलेर पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताए । उनले कामको चाङमा जुठो हाल्ने तर फत्ते नगर्ने प्रवृत्तिले समस्या रहेको बताए ।

नेपाल आउने पर्यटकहरुलाई राम्रो स्वागत सत्कार गरे पर्यटन प्रवद्र्धनका लागि नेपालको प्रचार हुने बताएका छन् ।


प्रकाशित मिति: १६ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?