Trending
>>   खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेको छः पूर्वराष्ट्रपति भण्डारी >>   संविधान संशोधन प्रक्रियामा सरकारले ‘सिन्को’ समेत भाँचेन, हामीले गाली खाइराख्नुपरेको छः महामन्त्री थापा >>   कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट विधेयक बहुमतले पारित, के छ नयाँ व्यवस्था ? >>   प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउन गृहमन्त्रीको निर्देशन >>   भारत–चीनबीच भएको लिपुलेक सहमतिले तात्यो संसदः एक ठाउँमा उभिए सत्तापक्ष–प्रतिपक्ष >>   न्यायाधीश मल्लको आग्रहः महिला प्रहरीबाट सुरक्षा लिनुस् >>   शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे >>   चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर सम्पन्नः भावुक बने कलाकार >>   सरकारले संविधानको अपमान गरिरहेको छ : रास्वपा >>   घट्यो वैदेशिक सहायता : अघिल्लो आवको तुलनामा ०.४९ प्रतिशत कमि
Logo
४ भाद्र २०८२, बिहीबार
४ भाद्र २०८२, बिहीबार

नेपाल र श्रीलंकाबीचको कुटनीतिक सम्बन्धलाई थप उचाईमा पुर्‍याउने काम गर्छुः पूर्णबहादुर नेपाली


काठमाडौँ । श्रीलंकाका लागि प्रश्तावित राजदुत पूर्णबहादुर नेपालीले आफू राजदुत बनेसँगै नेपाल र श्रीलंकाबीचको कुटनीतिक सम्बन्धलाई थप उचाईमा पुर्‍याउने गरी जिम्मेवारीपूर्वक काम गर्ने बताएका छन् ।

आईतवार सिंहदरबारमा बसेको समिति बैठकमा आफ्ना कार्ययोजना प्रश्ततु गर्दै नेपालीले यस्तो बताएका हुन् । बैठकमा संसदीय सुनुवाइको क्रममा प्रश्तावित राजदुत नेपालीले विश्व समुदायमा नेपालको प्रतिष्ठा तथा गौरवमय छवि रहेको बताउँदै आफू जिम्मेवार भएर राष्ट्रको हित हुने काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले नेपाल र श्रीलंकाबीचको कुटनीतिक सम्बन्धलाई थप उचाईमा पुर्‍याउँदै आर्थिक समृद्धिको ढोका खोल्न लागिपर्ने बताए । उनले नेपालको संविधान परराष्ट्र नीतिलाई पूर्ण रुपमा पालना गर्ने बताएका छन् ।

उनले भने , ‘विश्व समुदायमा नेपालको मान, सम्मान र प्रतिष्ठा तथा गौरवमय छवि जुन बनाउँदै आइरहेको छ त्यसप्रति म जिम्मेवार भएर राष्ट्रको हितका निम्ति काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु । नेपाल र श्रीलंकाबीचको लामो कुटनीतिक सम्बन्ध बिस्तार, सम्मान र सहयोगलाई निरन्तरता दिनेछौं । असंलग्नको सम्बन्ध, क्षेत्रीय फोरमहरुमा समेत कुटनीति बलियो हुने अवधारणाहरु राख्न उपयुक्त ठानेको छु । बिमस्टेक र सार्कको सम्बन्धमा दुवै देशहरुले प्राप्त गरेका जुन उपलब्धीहरु छन् ति उपलब्धीहरु म आफ्नो मार्गदर्शनको रुपमा लिएर अघि बढ्नेछु । नेपालको संविधान २०७२, नेपालको परराष्ट्र नीति, २०७७ र सन्तुलित तथा पारस्परिक सम्बन्धका कुराहरुलाई महत्वपुर्ण रुपमा अवलम्वन गर्ने प्रयास गर्नेछु । विश्व शान्ती अभियानमा नेपाल सधैं पक्षधर थियो । यो भविष्यमा पनि रहने नै छ ।’

उनले बौद्ध दर्शनको बिस्तारका लगि आफू लागिपर्ने बताए । नेपालमा भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी रहेको उल्लेख गर्दै प्रचुर अवसर र सम्भावना रहेको बताएका छन् ।

उनले आफू लुम्बिनीलाई ध्यान तथा मेडिटेसनको केन्द्रको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले नेपालको पर्यटन प्रवद्र्धनका लागि बुद्धका योगदानहरुबारे जानकारी गराउँदै सुझबुझका साथ काम गर्ने बताएका छन् ।

उनले भने , ‘नेपाल र श्रीलंका दुवै सानो देशहरु हो । विभिन्न फोरमहरुमा समान अवधारणा राख्दै आइरहेको छ । लुम्बिनी पनि गौतम बुद्धको जन्मस्थल भएको र जसको कारणले गर्दाखेरि पर्यटनको सम्भावना देखिन्छ । यसलाई सांस्कृतिक र पिपुलको इन्टरफेसमा एक मौलिक डिप्लोमेसीका सम्भावनाहरु देखिन्छन् । यो हाम्रा अवसर र सम्भावना दुवै हो । पछिल्लो समय मानसिक समस्या भएको र वातावरण प्रदुषण भएको हिसावले ध्यान केन्द्र, मेडिटेसनको केन्द्र, विभिन्न अध्ययनका हिसाबमा स्प्रिच्युलिटीका रुपमा निर्माण गर्नसक्ने अवसरहरु छन् । धार्मिक हिसावले केही चुनौतिहरु पनि छन् । बुद्ध धर्म र हिन्दुमा त्यति तात्विक भिन्नता नदेखिँदो रहेछ । तर श्रीलंकमा यो एक विभेदजस्तै छ । यसलाई सुझबुझका साथ काम गर्नुपर्ने देखिन्छ । अब पर्यटनका सम्बन्धमा बुद्धका विभिन्न योगदानहरुबारे जानकारी गराउन समस्या देखिन्छ । तर भिसाका सम्बन्धमा राज्यले निर्णय गरेपनि त्यसको कार्यान्वयनको सम्बन्धमा ढिलाई भइरहेको नै छ ।‘

नेपालीको नाम गणतन्त्र माल्दिभ्सको गैरआवासीय नेपाली राजदुतमा समेत अनुमोदन भएको छ ।


प्रकाशित मिति: १४ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?