Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

प्यान कारोवारको दायरा वृद्धि गरी २ करोड बनाउन राष्ट्रिय व्यवसायी महासंघको माग


काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले स्थायी लेखा नम्बर (प्यान) कारोवारको दायरालाई ५० लाख बाट बढाएर २ करोड बनाउन सरकारसँग माग गरेका छन् ।

आईतवार महासंघले सातौं साधारण सभा तथा तेश्रो राष्ट्रिय अधिवेशनको बारेमा जानकारी दिन काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत यस्तो माग गरेका हुन् । महासंघले पौष २० गते शनिवार काठमाडौंमा तेश्रो राष्ट्रिय अधिवेशन गर्ने लागेको जनाएका छन् ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष कुमार कार्कीले २०७४ सालमा स्थापना भएको महासंघले तेस्रो राष्ट्रिय अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने बताए । उनले साना तथा मझौला व्यवसायीहरुको समस्या समाधानको लागि राज्य स्तरसम्म पु¥याउने काम महासंघले गर्दै आएको बताउएका छन् ।

उनले महासंघको तेश्रो राष्ट्रिय अधिवेशनको समुद्घाटन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने तय भएको बताए । उनले अधिवेशनमार्फत सरकारसँग महासंघले नेपाल भारत खुला सीमामा हुने चोरी पैठारी तत्काल रोक्न माग गर्ने बताए । अध्यक्ष कार्कीले व्यवसाय दर्ता एकद्वार प्रणालीमा गर्न सरकारसँग माग गरे ।

महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले स्थायी लेखा नम्बर (प्यान) कारोवारको दायरालाई ५० लाख बाट बढाएर २ करोड बनाउन सरकारसँग माग गरे । उनले प्यानमा ५० लाखसम्म मात्रै कारोबार गर्न पाउने व्यवस्था रहेको भन्दै त्यसलाई पुनःविचार गरी सरकारले २ करोड बनाउनु गर्नेमा जोड दिए ।

उनले शहरी क्षेत्रमा उद्योग व्यापार व्यवसाय गर्ने व्यवसायीहरुको लागि राज्यले वैज्ञानिक घरभाडा लागू गर्नुपर्ने बताए । उनले महासंघले बारम्बार भन्दै आए पनि सरकारले सुनुवाई गर्न नसकेको गुनासो गरेका छन् ।

उनले खाता विवरणहरुको आधारमा कर कार्यालयबाट कर चुक्ता प्रमाण पत्र प्रदान गरे पश्चात पुनरावलोकन नगर्ने व्यवस्था लागू गर्नुपर्ने बताए । उनले सरकारसँग साना उद्योगी व्यवसायीहरुको पनि सहज पहुंच बनाउन माग गरे । चीनको केरुङ र खासा नाका जानका लागि व्यवसायीहरुलाई प्रवेश पासका व्यवस्था गरिनुपर्ने पनि उल्लेख गरेका छन् ।

महासंघले साम्रान आयत गद्रांको हालको भन्सार दरवन्दी घटाउनु पर्ने जनाएका छन् । त्यस्तै आयकरमा, प्रोपराइट सीपलाई प्रान कम्पनी सरह २५ प्रतिशत नै कायम गरिनुपर्ने,घर बहाल कर ५ प्रतिशत कायम गरिनुपर्ने लगायतका माग समेत महासंघले राखेका छन् ।


प्रकाशित मिति: १४ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?