Trending
>>   लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनमा विनोद र पूर्णलक्ष्मी च्याम्पियन >>   जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी >>   मानव मर्यादा र आत्मसम्मान नै आधुनिक समाजको आधारः प्रहरी महानिरीक्षक कार्की >>   ६१ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसः माइतीघरमा ध्यानाकर्षण सभा >>   इनिशा विकको बलात्कारपछि हत्याको विरोध गर्दै माईतीघरमा प्रदर्शन >>   देशभर २४ घण्टामा ३६ विपद्का घटनाः एकको मृत्यु, ३० लाखभन्दा बढीको क्षति >>   इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु : डोनाल्ड ट्रम्प >>   दक्षिण कोरियाको अटो पार्टस कारखानामा आगलागी हुँदा १० जनाको मृत्यु, ५९ घाइते >>   नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखरा : मेयर धनराज >>   इस्लाम धर्मावलम्वी हर्षोल्लासका साथ इद उल फित्र मनाउँदै
Logo
७ चैत्र २०८२, शनिबार
७ चैत्र २०८२, शनिबार

वन्यजन्तु संरक्षणमा सदर चिडियाखानाको भुमिका उल्लेखनीयः वनमन्त्री ठकुरी


काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले प्रकृतिको संरक्षण गर्ने जिम्मा लिएर काम गरिरहेको दाबी गरेका छन् ।

आईतवार राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरमा आयोजना गरेको सदर चिडियाखानाको २९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले यस्तो दाबी गरेका हुन् । उनले जलवायु परिवर्तन र पर्यावरणको प्रभावलाई न्युनिकरण गर्ने काममा सरकार सक्रिय रहेको बताए ।

उनले सदर चिडियाखानाले वन्यजन्तुको व्यवस्थापन र संरक्षणमा उल्लेखनीय भुमिका खेलेको भन्दै प्रशंसा गरे । उनले चिडियाखानाको व्यवस्थापन राष्ट्रिय प्राकृतिक संरक्षण कोषलाई हस्तान्तरण भएपश्चात वन्यजन्तुको संरक्षण, बासस्थानको पुनर्निर्माण, वन्यजन्तु अस्पताल र वन्यजन्तुको लागि पोषणयुक्त दानापानीको समेत व्यवस्था गर्न सफल भएको दाबी गरे ।

कोषको अध्यक्ष समेत रहनुभएका उनले वन्यजन्तु संरक्षणका लागि सबैको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

उनले भने , ‘२९ वर्षमा सदर चिडियाखानाले वन्यजन्तुको व्यवस्थापन, संरक्षण, र आगन्तुकहरुलाई मनोरञ्जन प्रदान गर्न उल्लेखनीय भुमिका निर्वाह गर्दै आएको पाइएको छ । सदर चिडियाखानाको व्यवस्थापन कोषलाई हस्तान्तरण भएपश्चात वन्यजन्तुको संरक्षण, बासस्थानको पुनर्निर्माण गरिएको छ भने एम्बुलेन्सको व्यवस्था, दक्ष जनशक्तिसहितको अस्पताल समेत सञ्चालनमा आएको छ । वन्यजन्तुहरुहरुलाई उपयुक्त पोषण र पोषणयुक्त दानापानीको समेत व्यवस्था हुँदै आएको छ । साथै वन्यजन्तु कल्याणकारी व्यवस्थापनलाई प्राथमिकामा राखेर विभिन्न कार्यहरु हुँदै आएको पनि मैले पाएको छु । यसका अलावा चिडियाखानामा वन्यजन्तुको उपचार र पुनःस्थापनामा समेत बन तथा वातावरण मन्त्रालय मातहतका विभिन्न निकायहरुसँग सहकार्य र समन्वय गरि उल्लेख्य भुमिका निर्वाह गरेको पनि पाएको छु । सदर चिडियाखानाले संरक्षण शिक्षाका लागि डिजिटल प्लेटफर्मसहितको संरक्षण शिक्षा सञ्चालनमा ल्याइएको छ । हालसम्म चिडियाखानाले ५०० वटा विद्यालयहरुसँग संरक्षण शिक्षामा विविध कार्यहरु गर्दै सराहनीय कार्य गर्दै आएको छ । यसबाट फ्रेण्ड्स अफ जूका माध्यमबाट सम्बन्ध बिस्तार गरेको देखिन्छ । आगन्तुकहरुको लागि भौतिक पूर्वाधार समेत धेरै हदसम्म व्यवस्थापन भएको पाइएको छ । समग्रमा चिडियाखाना हालको अवस्थामा आइपुग्दासम्मका लागि आर्थिक रुपमा सञ्चालनका दिगो र सफल रहेको देखिन्छ । यसका लागि कोषको एकल प्रयास मात्र पर्याप्त थिएन । यसका लागि नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय र विषेश गरि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग वन तथा भूसंरक्षण विभाग लगायतको उल्लेख्य भुमिका छ । बद्लिदो परिवेशमा हामीले नयाँ ढंगबाट काम गरिरहेको अवस्था छ । अहिले हामी प्रकृतिको संरक्षण गर्ने जिम्माका साथै जलवायु परिवर्तन र पर्यावरणको प्रभावलाई न्युनिकरण गर्ने लगायतका कामहरु समेत गरिरहेका छौं ।’

उनले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्युनिकरण गर्नको लागि चिडियाखानाहरुको महतवपूर्ण भुमिका रहेको बताएका छन् ।


प्रकाशित मिति: १४ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?