Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

वन्यजन्तु संरक्षणमा सदर चिडियाखानाको भुमिका उल्लेखनीयः वनमन्त्री ठकुरी


काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सरकारले प्रकृतिको संरक्षण गर्ने जिम्मा लिएर काम गरिरहेको दाबी गरेका छन् ।

आईतवार राष्ट्रिय प्रकृति संरक्षण कोषले ललितपुरमा आयोजना गरेको सदर चिडियाखानाको २९ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री ठकुरीले यस्तो दाबी गरेका हुन् । उनले जलवायु परिवर्तन र पर्यावरणको प्रभावलाई न्युनिकरण गर्ने काममा सरकार सक्रिय रहेको बताए ।

उनले सदर चिडियाखानाले वन्यजन्तुको व्यवस्थापन र संरक्षणमा उल्लेखनीय भुमिका खेलेको भन्दै प्रशंसा गरे । उनले चिडियाखानाको व्यवस्थापन राष्ट्रिय प्राकृतिक संरक्षण कोषलाई हस्तान्तरण भएपश्चात वन्यजन्तुको संरक्षण, बासस्थानको पुनर्निर्माण, वन्यजन्तु अस्पताल र वन्यजन्तुको लागि पोषणयुक्त दानापानीको समेत व्यवस्था गर्न सफल भएको दाबी गरे ।

कोषको अध्यक्ष समेत रहनुभएका उनले वन्यजन्तु संरक्षणका लागि सबैको समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् ।

उनले भने , ‘२९ वर्षमा सदर चिडियाखानाले वन्यजन्तुको व्यवस्थापन, संरक्षण, र आगन्तुकहरुलाई मनोरञ्जन प्रदान गर्न उल्लेखनीय भुमिका निर्वाह गर्दै आएको पाइएको छ । सदर चिडियाखानाको व्यवस्थापन कोषलाई हस्तान्तरण भएपश्चात वन्यजन्तुको संरक्षण, बासस्थानको पुनर्निर्माण गरिएको छ भने एम्बुलेन्सको व्यवस्था, दक्ष जनशक्तिसहितको अस्पताल समेत सञ्चालनमा आएको छ । वन्यजन्तुहरुहरुलाई उपयुक्त पोषण र पोषणयुक्त दानापानीको समेत व्यवस्था हुँदै आएको छ । साथै वन्यजन्तु कल्याणकारी व्यवस्थापनलाई प्राथमिकामा राखेर विभिन्न कार्यहरु हुँदै आएको पनि मैले पाएको छु । यसका अलावा चिडियाखानामा वन्यजन्तुको उपचार र पुनःस्थापनामा समेत बन तथा वातावरण मन्त्रालय मातहतका विभिन्न निकायहरुसँग सहकार्य र समन्वय गरि उल्लेख्य भुमिका निर्वाह गरेको पनि पाएको छु । सदर चिडियाखानाले संरक्षण शिक्षाका लागि डिजिटल प्लेटफर्मसहितको संरक्षण शिक्षा सञ्चालनमा ल्याइएको छ । हालसम्म चिडियाखानाले ५०० वटा विद्यालयहरुसँग संरक्षण शिक्षामा विविध कार्यहरु गर्दै सराहनीय कार्य गर्दै आएको छ । यसबाट फ्रेण्ड्स अफ जूका माध्यमबाट सम्बन्ध बिस्तार गरेको देखिन्छ । आगन्तुकहरुको लागि भौतिक पूर्वाधार समेत धेरै हदसम्म व्यवस्थापन भएको पाइएको छ । समग्रमा चिडियाखाना हालको अवस्थामा आइपुग्दासम्मका लागि आर्थिक रुपमा सञ्चालनका दिगो र सफल रहेको देखिन्छ । यसका लागि कोषको एकल प्रयास मात्र पर्याप्त थिएन । यसका लागि नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय र विषेश गरि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग वन तथा भूसंरक्षण विभाग लगायतको उल्लेख्य भुमिका छ । बद्लिदो परिवेशमा हामीले नयाँ ढंगबाट काम गरिरहेको अवस्था छ । अहिले हामी प्रकृतिको संरक्षण गर्ने जिम्माका साथै जलवायु परिवर्तन र पर्यावरणको प्रभावलाई न्युनिकरण गर्ने लगायतका कामहरु समेत गरिरहेका छौं ।’

उनले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्युनिकरण गर्नको लागि चिडियाखानाहरुको महतवपूर्ण भुमिका रहेको बताएका छन् ।


प्रकाशित मिति: १४ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?