Trending
>>   पोखराको फेवातालमा आजदेखि ‘ड्रागन बोट रेस फेस्टिभल’ >>   यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर >>   आज २०८१ साल पौष १४ गते आइतबार ,हेर्नुहोस आजको राशिफल >>   जालपादेवी केबलकार निर्माणसँगै सुदूरपश्चिममा विकासको ढोका खुल्योः परराष्ट्रमन्त्री राणा >>   रगत जम्ने हृदयाघातबाट बच्ने यी अचुक उपाय ! >>   आछु ! जाडोमा जाेगिन अपनाउनुस यी सात प्राकृतिक उपाय >>   पख्नुस, फेरि रातपछि उज्यालो दिनको सुरुवात हुनेछ ! >>   हिरासतमा आजभोलि सीसीटीवी सामान्य रहेछ ! >>   ‘हरित अभियान ड्रुक्पा परम्पराको योगदान प्रशंसनीय छ’ >>   टर्कीको पिकेके प्रतिनिधिमण्डलले जेलमा रहेका नेतालाई भेट्ने
Logo
१४ पुष २०८१, आईतवार
१४ पुष २०८१, आईतवार

जनकपुरमा बेलायती राजदुत दम्पतीको वैवाहिक वर्षगाँठ, दौरा सुरुवाल र सारीमा सजिए


काठमाडौँ । नेपालका लागि बेलायती राजदुत रब फेन र उहाँकी धर्मपत्नी जुलिया फेनले हिन्दु संस्कारअनुसार जनकपुरमा वैवाहिक वर्षगाँठ मनाएका छन् ।

मिथिलामा विवाहमा हुने स्वयंवरका बेला लगाइने फूलको वरमाला र बेहुलाले टाउकोमा पहिरने मौर पाग लगाएका फेन दम्पतीले वैवाहिक वर्षगाँठ मनाएका हुन् । त्रेतायुगमा भगवान रामजानकीले जनकपुरमै विवाह गर्नुभएकाले आफू वैवाहिक वर्षगाँठ मनाउन जनकपुरधाम आउन पाएकोमा हर्षित भएको बताएका हुन् ।

फेनकी धर्मपत्नी जुलिया पनि मिथिलामा दुल्हीनले शौभाग्यका लागि पहिरने रातो सारी र चुनरी (सल) पहिरिएका छन् । बेहुला र बेहुलीको लगनगाँठो कसेझैँ नवदुल्हा,दुल्हनझैँ जानकी मन्दिरका सहायक महन्त रामरोशन दासलाई साक्षी राखेर उनीहरु जानकी मन्दिरमा दर्शन पनि गरे । फेनले जुलियालाई अँगुठी पनि पहिराएर वर्षगाँठ मनाएका छन् ।

उनीहरुले माता जानकीको पवित्र जन्मभूमि र मिथिला र मधेसको परम्परागत भेष, भाषा, संस्कृति तथा रितिरिवाज रमणीय र संसारकै उत्कृष्ट लागेको बताएका छन् ।

जनकपुरधाममा आफ्नो २२ औं वैवाहिक वर्षगाँठको सिलसिलामा विभिन्न कार्यक्रमहरुमा श्रीमतीसहित सहभागी हुन पाउँदा गौरवान्वित महशुस भएको बताएका छन् ।


प्रकाशित मिति: १३ पुष २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?