Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग मेयर साहको आग्रह


काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग आग्रह गरेका छन् ।

शुक्रवार काठमाडौंमा काटेश्वर महोत्सवको उद्घाटन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले तीनकुनेको जग्गाको मुआब्जा वितरण आफ्नो उमेर भन्दा बढी समयसम्म पनि वितरण नगरिनु दुःखद् रहेको बताएका छन् ।

उनले अहिले दुई तिहाईको सरकार रहेको भन्दै अहिलेको सरकारले चाहे मुआब्जा वितरणमा कुनै समस्या नहुने बताएका छन् । उनले त्यसका लागि जग्गाधनीहरुले स्थानीय सरकार र संघ सरकारलाई दबाब दिन सुझाव दिए ।

उनले उक्त जग्गा सरकारले लुटेर राखेको र पक्रिया अघि बढिरहेको कुनैपनि नेताले भनेको खण्डमा नपत्याउन आग्रह गरेका छन् । अहिलेको सरकारले पनि मुआब्जा नदिए कहिल्यै नदिने उनको दाबी छ ।

उनले भने , ‘यो कार्यक्रमको लागि जग्गा उपलब्ध गराइदिनुभएकोमा जग्गाधनीलाई पनि विशेष धन्यवाद । पचासौँ वर्षदेखि समस्या समाधान भएको छैन, उहाँहरुले मुआब्जा पाउनुभएको छैन । कहिले कुन सरकार हुँदा अपोजिसनले मान्छ की मान्दैन, मुआब्जा दिन भनिन्थ्यो, कहिले अर्को सरकार हुँदा अरु बहुमत हुनेले मान्छ की मान्दैन भन्ने हुन्थ्यो । यसपालि बहुमत दुई तिहाईको सरकार छ । तर पनि केही गरेकै छैन । कोही नेता घरमा आश्वासन दिन आउनुभएको छ ? तपाईंहरुको प्रोसेसमा छ, तपाईंहरुको काम हुँदैछ भन्यो भने नपत्याउनु होला । कुनैपनि प्रोसेस भएको छैन । केही काम भएको छैन । अहिलेसम्म यहाँको मुआब्जा दिनलाई सरकारले व्यक्तिको जग्गा एक हिसावले लुटेर राखेको छ । यसको मुआब्जा दिन कुनैपनि प्रोसेस भएको छैन । यसको लागि चाँडै होस् भन्ने अब शुभकामना मात्रै दिन सकिन्छ । किनभने अहिले दुई तिहाईको सरकारले चाह्यो भने जे पनि गर्नसक्छ । गृहमन्त्री आफ्नै, प्रधानमन्त्री आफ्नै, अर्थमन्त्री आफ्नै, पैसा आफ्नै सञ्चालन आफ्नै, सबै आफ्नै । हाम्रो त अझ वडा अध्यक्ष पनि त्यही सरकारको, प्रधानमन्त्री, अर्थमन्त्री त्यही सरकारको । अहिले पनि यो काम भएन भने कहिले पनि हुँदैन । यो यथाशिघ्र समाधान होस् । हाम्रो त उमेर भन्दा पनि बढी भइसक्यो यहाँको जग्गा लुटिएको । के भन्नु र ? यहाँको मान्छेले दुःख पाउनुभएको छ ।’

मेयर साहले कोटेश्वर मेलाले कोटेश्वरको स्थानीय विशेषता दिन आवश्यक रहेको बताएका छन् ।


प्रकाशित मिति: १२ पुष २०८१, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?