Trending
>>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ >>   प्रतिक्रियावादीहरूसँग पञ्जा लडाउन तयार छौँः केपी ओली
Logo
३ आश्विन २०८३, शनिबार
३ आश्विन २०८३, शनिबार

बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा थापा


१५ चैत ,हेटौँडा । बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा सिन्धुलीका प्राध्यापक डा नरविक्रम थापा नियुक्त भएका छन्‌ ।

आज बसेको बागमती प्रदेशको मन्त्री परिषद्को बैठकले थापालाई उपाध्यक्षमा नियुक्त गरेको हो । यसैगरी बैकठले आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठलाई बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ ।

यसको साथै २०८० वैशाख १ गतेदेखि बागमती प्रदेश सरकार मातहतका सरकारी कार्यालयमा विद्युतीय हाजिर लागू गरिने सरकारका प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनको अनुसार मन्त्रिपरिषद्को बैठकले चेपाङ्गहरुको न्वागी र माझी समुदायको लदी पर्वको अवसरमा समुदायगत रुपमा बिदा दिने निर्णय गरेको छ ।


प्रकाशित मिति: १५ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?