Trending
>>   रेमिट्यान्स कम्पनीहरूको न्युनतम चुक्ता पुँजी १० करोड पुर्‍याउने समयसीमा दुई वर्ष थप >>   आज देशभर हनुमान जन्मजयन्ती मनाइँदै >>   संसद मुलुकको राजनीतिक संस्कृतिको प्रतिविम्व हो, संसद बैठक निर्विघ्न चलाउँछुः अर्जुननरसिंह केसी >>   देशभर एसईई परीक्षा आजदेखि शुरु >>   ‘अंक गणितमा रास्वपा अगाडि भएपनि जनमत प्रतिपक्षको पक्षमा छ’ – रामबहादुर थापा >>   एमालेको नयाँ रणनीतिः सदनमा ‘वाचडग’को भुमिका, भोलिको बैठक चल्न दिने >>   एनएनआइपिए स्पोट्र्स अवार्डको तयारी पूरा >>   संसदीय दलको नेता चयन प्रक्रिया लोकतान्त्रिक अभ्यास हो, हारबाट हतोत्साहित हुनु पर्दैनः सुहाङ नेम्वाङ >>   बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै >>   अनधिकृत रुपमा वक्तव्यबाजी नगर्न नेता खड्कालाई काँग्रेसको निर्देशन
Logo
१९ चैत्र २०८२, बिहीबार
१९ चैत्र २०८२, बिहीबार

‘नेपाल प्याक प्रिन्ट इन्टरनेशन एक्स्पो’ सम्पन्नः २८ हजारले गरे अवलोकन


काठमाडौँ। प्रविधिको क्षेत्रमा काम गर्ने कम्पनीहरुको मेला ‘नेपाल प्याक प्रिन्ट इन्टरनेशन एक्स्पो’ आईतवार सम्पन्न भएको छ ।

गत शुक्रवारदेखि काठमाडौंको भृकुटिमण्डमा आयोजना गरिएको प्रविधि प्रदर्शनीमा २८ हजार मानिसहरुले अवलोकन गरेको आयोजकले जनाएको छ । प्रदर्शनीले नेपालमै बसेर प्रविधिको क्षेत्रमा काम गर्दै आउनुभएका कम्पनी र मानिसहरुलाई थप प्रोत्साहित गरेको आयोजक संस्था मिडिया स्पेस सोलुसन्स प्रा.लि.का प्रवन्ध निर्देशक सिर्जल भट्टराईले बताएका छन् । उनले प्रदर्शनीमा सहभागि हुन आएका विदेशी कम्पनीहरुबाट समेत सकारात्मक प्रतिक्रिया पाएको बताए । उनका अनुसार प्रदर्शनीलाई इमिर्जङ मार्केटका रुपमा लिनुभएका विदेशी प्राविधिक कम्पनीहरु नेपालमै प्रविधिको क्षेत्रमा लगानी गर्न समेत उत्साहित भएका छन् । उक्त प्रदर्शनीले नेपालको अर्थतन्त्र उकास्नका लागि समेत सहयोग पुग्ने उनको विश्वास छ ।

उनले भने, ‘हाम्रो प्रदर्शनीलाई करिब २८ हजार जनाले अवलोकन गर्नुभएको छ । यो अवलोकन गर्नेहरुमा पनि धेरै मान्छेहरु उद्यमी, व्यवसायी र प्रविधिको क्षेत्रमा काम गर्ने मान्छेहरु रहनु भएको छ । यहाँ हामीले नेपाल, भारत लगायतका देशहरुबाट आउनु भएका यही क्षेत्रम काम गर्ने चीन, भारत लगायतका कम्पनीहरुको प्रतिक्रिया पनि लिएका थियौं । उहाँहरुले पनि यसलाई ईमर्जिङ मार्केटको रुपमा लिएर यसको माध्यमबाट नेपाली मार्केटमा कनेक्ट गर्न सजिलो भयो । हामीले आफ्नो कम्पनीहरुको प्रचार गर्न पाएको र अगामि वर्षहरुमा हुने प्रदर्शनीमा समेत सहभागि हुने भन्नुभएको छ । उहाँहरुले नेपालमा रोजगारीका थप अवसरहरु सिर्जना हुने पनि विश्वास गर्नु भएको छ । विश्वका विभिन्न नयाँ नयाँ प्रविधिहरुको नेपालमै अवलोकन गर्न पाउँदा देशभित्रै प्रविधिको क्षेत्रमा काम गर्ने साथिहरु खुसिका साथै उत्साहित पनि भएका छन् । यस प्रदर्शनीले नेपालको अर्थतन्त्र उकास्नका लागि पनि सहयोग गरेको उहाँहरुको प्रतिक्रिया छ । यो प्रदर्शनमा तीनदिन सम्म आएर भ्रमण गर्नुहुने सबै जनालाई आयोजकको तर्फबाट धन्यावाद भन्न चाहान्छु ।’

उनले यस्ता मेलाहरुले स्वदेशमै रोजगारी सिर्जना गर्न मद्दत पुग्ने र विदेश जानुपर्ने बाध्यता हटाउने बताउदै उनले मेला नयाँ नयाँ प्रविधिहरुसँग जोड्ने र नेपालमै बसेर आर्थिक पक्ष सबल बनाउन महत्वपूर्ण हुने बताएका छन् ।


प्रकाशित मिति: ८ पुष २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?