Trending
>>   सुरक्षित कारोबार ऐनको दफाबार छलफलमा संशोधन दफाहरुमा सहमति >>   पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल गरिने >>   २०२५ मा हसाउन अमेरिका जाँदै कमेडी दरबारको टिम >>   ऐन र विधेयक निर्माणका लागि मन्त्रलय निरन्तर छलफलमा रहेको:संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया >>   अब ऐनमा सम्बन्धित मन्त्रालयको बारेमा कुरा गर्नको लागि कानून मन्त्रालयले सहजिकरण गरिदिनुपर्ने:सभापति विमला सुवेदी >>   ऐन निर्माणका सवालमा समितिले अझै सक्रिय भएर काम गर्नुपर्ने:नेकपा (एमाले) सांसद सुहाङ नेम्वाङ >>   ऐन पारित गर्न दिनरात मेहनत गर्नुपर्ने :नेपाली काँग्रेसका सांसद जीवन परियार >>   नेपाली पार्कर खेलाडी सुनार गिनिज बुकमा नाम लेखाउन सफल >>   ‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार, एक जना सामान्य घाइते >>   शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै
Logo
७ पुष २०८१, आईतवार
७ पुष २०८१, आईतवार

कतारले दमास्कसमा १३ वर्षदेखि बन्द रहेको दुतावास पुनः खोल्यो


काठमाडौँ। कतारले शनिवार सिरियाको राजधानी दमास्कसमा औपचारिक रूपमा आफ्नो दुतावास पुनः खोलेका छन् ।

१३ वर्षपछि पहिलो पटक दमास्कसको माथिल्लो अबु रुम्मानेह नजिकैको दुतावास परिसरमा कतारको झण्डा फहराइएका थिए । सन् २०११ मा सिरियाली गृहयुद्ध शुरु भएपछि कतारको कुटनीतिक नियोग बन्द भएको थियो ।

डिसेम्बर ८ मा पूर्वसिरियाली राष्ट्रपति बसर अल–असदको सरकारको पतनपछि सिरिया भ्रमण गर्न क्षेत्रीय र पश्चिमी प्रतिनिधिहरूको लहरको बीचमा दुतावास पुनः खोलिएको हो ।

कतारको एक प्रतिनिधिमण्डलले सिरियाको संक्रमणकालीन सरकारका प्रतिनिधिहरूसँग भेट गरेको र सुरक्षा, शान्ति, विकास र समृद्धिका लागि सिरियाली जनतालाई सहयोग गर्ने कतारको प्रतिवद्धता दोहोर्‍याएको कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले बताएका छन् ।

अल अन्सारीले बैठकले सिरियामा कतारी मानवीय सहायताको प्रवाह सुधार गर्न र यस महत्वपूर्ण चरणमा सिरियाली जनसंख्याको अत्यावश्यक आवश्यकताहरूको मूल्याङ्कन गर्नेबारे पनि छलफल गरेका थिए ।

असादको पतनपछि औपचारिक रूपमा सिरियाको राजधानीमा कुटनीतिक कार्यहरू पुनः शुरु गर्ने टर्कीपछि कतार दोस्रो देश हो ।


प्रकाशित मिति: ७ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?