Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

‘रेड सी’मा दुई अमेरिकी चालकमाथि गोली प्रहार, एक जना सामान्य घाइते


काठमाडौँ। ‘भूलवश एफ/ए–१८’ लडाकु विमानमा प्रहार हुँदा अमेरिकी नौसेनाका दुई पाइलटलाई ‘रेड सी’ क्षेत्रमा उडीरहेका समय गोली लागेको अमेरिकी सेनाले जनाएका छन् ।

दुवै पाइलटलाई जीवितै उद्धार गरिएको छ तर ‘प्रारम्भिक अनुसन्धानले चालक दलका एक सदस्यलाई सामान्य चोट लागेको सङ्केत गरेको छ,” संयुक्त राज्य अमेरिकाको सेन्ट्रल कमान्डले फ्लोरिडाको स्थानीय समयअनुसार शनिबार राति जनाएका छन् ।

अमेरिकी सेन्ट्रल कमान्डले भनेका छन् , “यो घटना शत्रुतापूर्ण आक्रमण थिएन तर यसको पूर्ण अनुसन्धान भइरहेको छ।”

सेन्टकमका अनुसार निर्देशित क्षेप्यास्त्र क्रुजर युएसएस गेटिसबर्गले ‘भूलवश एफ/ए–१८’ लडाकु विमानमा प्रहार गरेका थिए ।

यमनका हुथी विद्रोहीहरूले रेड सी र एडेनको खाडीमा इजरायली संलग्नता भएका व्यापारिक जहाजहरूलाई बारम्बार निशाना बनाउने गरेकाले सम्भावित विनाशकारी गल्तीले संयुक्त राज्य अमेरिका एक वर्षभन्दा बढी समयदेखि संलग्न मिसनको खतरालाई औंल्याउँछन् ।

इजरायलको व्यापारिक केन्द्र तेल अभिवमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहारबाट मानिस घाइते भएको केही घण्टापछि संयुक्त राज्य अमेरिकाले शनिबार यमनको विद्रोहीको नियन्त्रणमा रहेको राजधानी यमनको लक्ष्यमा आक्रमण गरेको बताएकोका थिए ।

अमेरिकी सेनाले रेड सीमा हुथी ड्रोन र जहाजभेदी क्रुज क्षेप्यास्त्र पनि खसालेका छन् ।

सन् २०२३ को अक्टोबर ७ देखि इजरायल र हमासबीच युद्ध जारी रहेको गाजामा हुथी विद्रोहीले प्यालेस्टिनीप्रति ऐक्यबद्धता जनाएका छन् ।


प्रकाशित मिति: ७ पुष २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?