Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

युवालाई गाउँमै रोजगारी दिने वाचा गर्दै चुनाव जितेका वडा सदस्य रोजगारीका लागि विदेश उडे


१५ चैत्र, काठमाडाैँ । नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित एक जनप्रतिनिधि रोजगारीका लागि विदेश गएका छन्। इलामको देउमाइ नगरपालिका वार्ड नं ५ बाट निर्वाचित भएका वडा सदस्य कैलाश श्रेष्ठ रोजगारीका लागि कोरिया गएका हुन् ।

उनले २०२२ को ईपीएस परीक्षा उत्तीर्ण गरेसँगै रोजगारीका लागि उक्त गन्तव्यमा गएका हुन् । उनी रोजगारीका लागि विदेश गएपछि उनि निर्वाचित भएको पद अहिले रिक्त भएको छ ।

उनले नेपालमा बसेर आफ्नो आर्थिक अवस्था सुधार गर्ने सम्भावना नदेखका कारण विदेशिनुपरेको प्रतिक्रिया दिएका छन् ।

तर, गत वैशाखमा भएको स्थानीय तहको निर्वाचमा उठ्दै गर्दा उनले युवाहरू विदेशिनुपर्ने बाध्यता हटाउने, स्वरोजगारका अवस्था सिर्जना गर्ने र आर्थिक अवस्था सुधारका उपायहरू ल्याउने घोषणापत्र सार्वजनिक गरेका थिए ।


प्रकाशित मिति: १५ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?