Trending
>>   एमालेले भन्योः चर्चामा रहेका सबै भ्रष्टाचारको छानविन होस् >>   निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप >>   जेन–जी आन्दोलनको जगमा बनेको कार्की सरकार अपेक्षाअनुसार चलेनः मिराज ढुंगाना >>   मन्त्री हुँदा पनि विद्युत प्राधिकरणको शेयर निष्कासन गर्न सकिनँः उर्जामन्त्री घिसिङ >>   जेन–जी प्रतिनिधिको प्रधानमन्त्रीलाई कटाक्षः माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु >>   सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः लेनिन बिष्ट >>   ओलीको चेतावनीः ‘एमाले नेतृत्वमाथि छोएको दिन सरकार ढाल्छौँ, देश ठप्प पार्छौं’ >>   एमाले अध्यक्षमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित >>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल
Logo
३ पुष २०८२, बिहीबार
३ पुष २०८२, बिहीबार

रामपरीदेवी ठाकुरको हत्यामा संलग्न रहेको आशंकामा एक पक्राउ


काठमाडौँ । रामपरीदेवी ठाकुरको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेका छन् ।

पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका ५ का अन्दाजी वर्ष ५० का सगमलाल पासमान रहेको प्रहरीले जनाएका हुन् । प्रहरीकाअनुसार प्रतिवादी पासमानको घरबाट मृतकले लगाएको निलो रङको फुल पाइन्ट, रगत लागेको हरियो रङको भेष्ट, रगत लागेको पहेँलो रङको ज्याकेट, मोबाइल फोनसमेत बराम गरेका छन् ।

मृतक रामपरीदेवी ठाकुर र प्रतिवादी सगम लाल पासमानबीच पहिलादेखि चिनजान रहेको, मृतक र प्रतिवादीबीच पटकपटक फोन समपर्क भएको, घटना वारदातको दिन पनि फोन सम्पर्क भएको, निज रामपरीदेवी ठाकुर घटनास्थलतर्फ गएको र पछि प्रतिवादी सगमलाल पासमान पनि घटनास्थलतर्फ गएको स्थानीय मानिसहरुले देखेको प्रहरीले जनाएका छन् ।

प्रतिवादी सगमलाल पासमान सुत्ने कोठामा सुटकेशभित्र लुकाई छिपाई राखेको अवस्थामा निजले नै प्रयोग गर्ने गरेको रगत लागेको निलो रङको फुल पाईन्ट थान–१, रगत लागेको हरियो रङको भेष्ट थान–१, रगत लागेको पहेलो रङको ज्याकेट थान–१ समेत बरामद भएको, निजको हातमा र कानमा काटिएको घाउ रहेको समेतका अधारबाट निज सगमलाल पासवानले नै रामपरीदेवी ठाकुरलाई कर्तव्य गरी मारेको पुष्टि हुने देखिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएका छन् । सो घटनामा अन्य व्यक्तीको संलग्नता रहे÷नरहेको सम्बन्धमा समेत विभिन्न आयामबाट अनुसन्धान भइरहेको प्रहरीले जनएका छन् ।

बरामद दसीहरु परीक्षणको लागि पठाइएको, शव परीक्षण प्रतिवेदन प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएका छन् ।

धनुषाको विदेह नगरपालिका ५ मुडिबा टोलकी अन्दाजी ४० वर्षकी ठाकुर मंसिर १८ गते हराएकी थिइन् । घाँस काट्न भन्दै हिँडेकी उनी नफर्किएपछि परिवारले १९ गते १० बजे प्रहरीलाई खबर गरेका थिए । खोजतलासीका क्रममा प्रहरीले १९ गते दिउँसो १२ः४० बजे धनुषाको शहीदनगर नगरपालिका ७ स्थित शिवनारायण मण्डलको धान खेतमा घाँटी छिनेको अवस्थामा शव फेला परेको थियो । शव फेला परेको ठाउँबाट २०५ फिट पश्चिम दक्षिण नहरको भित्तामा झाडीभित्र टाउकोको भाग फेला परेको प्रहरीले जनाएका छन् ।


प्रकाशित मिति: २ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?