Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१९ माघ २०८२, सोमबार
१९ माघ २०८२, सोमबार

रामपरीदेवी ठाकुरको हत्यामा संलग्न रहेको आशंकामा एक पक्राउ


काठमाडौँ । रामपरीदेवी ठाकुरको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेका छन् ।

पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका ५ का अन्दाजी वर्ष ५० का सगमलाल पासमान रहेको प्रहरीले जनाएका हुन् । प्रहरीकाअनुसार प्रतिवादी पासमानको घरबाट मृतकले लगाएको निलो रङको फुल पाइन्ट, रगत लागेको हरियो रङको भेष्ट, रगत लागेको पहेँलो रङको ज्याकेट, मोबाइल फोनसमेत बराम गरेका छन् ।

मृतक रामपरीदेवी ठाकुर र प्रतिवादी सगम लाल पासमानबीच पहिलादेखि चिनजान रहेको, मृतक र प्रतिवादीबीच पटकपटक फोन समपर्क भएको, घटना वारदातको दिन पनि फोन सम्पर्क भएको, निज रामपरीदेवी ठाकुर घटनास्थलतर्फ गएको र पछि प्रतिवादी सगमलाल पासमान पनि घटनास्थलतर्फ गएको स्थानीय मानिसहरुले देखेको प्रहरीले जनाएका छन् ।

प्रतिवादी सगमलाल पासमान सुत्ने कोठामा सुटकेशभित्र लुकाई छिपाई राखेको अवस्थामा निजले नै प्रयोग गर्ने गरेको रगत लागेको निलो रङको फुल पाईन्ट थान–१, रगत लागेको हरियो रङको भेष्ट थान–१, रगत लागेको पहेलो रङको ज्याकेट थान–१ समेत बरामद भएको, निजको हातमा र कानमा काटिएको घाउ रहेको समेतका अधारबाट निज सगमलाल पासवानले नै रामपरीदेवी ठाकुरलाई कर्तव्य गरी मारेको पुष्टि हुने देखिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएका छन् । सो घटनामा अन्य व्यक्तीको संलग्नता रहे÷नरहेको सम्बन्धमा समेत विभिन्न आयामबाट अनुसन्धान भइरहेको प्रहरीले जनएका छन् ।

बरामद दसीहरु परीक्षणको लागि पठाइएको, शव परीक्षण प्रतिवेदन प्राप्त हुन बाँकी रहेको प्रहरीले जनाएका छन् ।

धनुषाको विदेह नगरपालिका ५ मुडिबा टोलकी अन्दाजी ४० वर्षकी ठाकुर मंसिर १८ गते हराएकी थिइन् । घाँस काट्न भन्दै हिँडेकी उनी नफर्किएपछि परिवारले १९ गते १० बजे प्रहरीलाई खबर गरेका थिए । खोजतलासीका क्रममा प्रहरीले १९ गते दिउँसो १२ः४० बजे धनुषाको शहीदनगर नगरपालिका ७ स्थित शिवनारायण मण्डलको धान खेतमा घाँटी छिनेको अवस्थामा शव फेला परेको थियो । शव फेला परेको ठाउँबाट २०५ फिट पश्चिम दक्षिण नहरको भित्तामा झाडीभित्र टाउकोको भाग फेला परेको प्रहरीले जनाएका छन् ।


प्रकाशित मिति: २ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?