Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

भरतपुर अस्पताल न्याम्सको आङ्गिक शिक्षण अस्पताल हुने


१५ चैत्र, चितवन । भरतपुर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को आङ्गिक शिक्षण अस्पताल हुने भएको छ । मन्त्रिपरिषद्को चैत १० गतेको बैठकले सो निर्णय गरेको हो ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले विगत लामो समयदेखि गरिएको प्रयासपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सकारात्मक पहलमा भरतपुर अस्पताललाई न्याम्सको आङ्गिक शिक्षण अस्पताल बनाउन सकिएको बताइन् । “यसले अस्पतालको गुणस्तर बढाउनुका साथै भरतपुरलाई मेडिकल सिटी बनाउनसमेत सहयोग गर्ने छ । यहाँबाट विद्यार्थीले अध्ययन गर्न पनि पाउने छन्”, उनले भनिन् ।

गतवर्ष अस्पतालको वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री दाहालले अस्पताललाई मेडिकल कलेज बनाउन पहल गर्ने बताएकी थिइन् । मन्त्रीपरिषद्को उक्त निर्णयसँगै बिरामीले २४ सैँ घण्टा गुणस्तरीय स्वास्थ्य सेवा पाउने भएका छन् ।

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलले अहिले पनि न्याम्सका कार्यक्रम आंशिक रुपमा सञ्चालन हुँदै आएको बताउँदै अब आङ्गिक बनेसँगै सबै कार्यक्रम पूर्णकालीन सञ्चालन हुने जानकारी दिए । उनले भने “न्याम्ससँग पूर्णकालीन गर्ने यसअघि सम्झौता भइसकेको छ । मन्त्रीपरिषद्को यो निर्णयसँगै एमडि एमएसका कार्यक्रम धेरै र लामो समयसम्मका लागि आउँछन् । यहाँका चिकित्सकलाई प्राध्यापनको अनुमति दिनुपर्छ”, उनले भने ।

अस्पतालका निवर्तमान अध्यक्ष डा भोजराज अधिकारीले सबैको अथक मेहनतका साथ भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गर्न सम्भव भएको बताए । उनले भने, “१२ वर्ष अघिदेखिको सपना पूरा भएकोमा हर्षित छु । हामी सबै मिलेर सरकारको यो ऐतिहासिक निर्णयलाई कार्यान्वयन गरी मेडिकल सिटी बनाउन थप योगदान गरौँ ।”

भरतपुर अस्पताल अहिले केन्द्रीय अस्पतालको रूपमा सञ्चालनमा छ । शिक्षण अस्पताल बनाउन माग गर्दै वर्तमान अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा डा पौडेल, निवर्तमान अध्यक्ष डा अधिकारीलगायतको टोलीले केही दिन पहिले प्रधानमन्त्री दाहाललाई बालुवाटारमा भेट गरेका थिए । अस्पतालका अध्यक्ष पौडेलले शिक्षण अस्पताल बनेसँगै एमडी÷एमएससहित विभिन्न विधामा अध्यापन गराइ नेपालकै उत्कृष्ट अस्पताल बनाउने सपना रहेको बताए । उनले शिक्षण अस्पताल बनाउन सहमति दिएकोमा सरकारलाई विशेष धन्यवाद दिए ।

भरतपुर अस्पतालमा २० भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् । यो अस्पताल राजधानी बाहिरको नमुना अस्पतालको रूपमा विकास हुँदै गएको छ । शिक्षण अस्पताल बनेसँगै चिकित्सक विज्ञानमा स्नातकोत्तर अध्ययन गर्नेहरुले २४ घण्टा बिरामीको सेवा गर्नेछन् ।


प्रकाशित मिति: १५ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?