Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सीमानामा हुने तस्करी तत्काल नियन्त्रण गर्न गृहमन्त्रीको निर्देशन


काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सीमानामा हुने तस्करी तत्काल नियन्त्रण गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् ।

मंगलवार रुपन्देहीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । उनले आफ्नो कार्य क्षेत्रमा गइसकेपछि अब फेरि सीमा क्षेत्रमा तस्करी भइरहेको र राजश्व चुहावट भइरहेको कुरा सुन्न नपर्ने गरी तस्करी नियन्त्रण गर्न निर्देशन दिए ।

उनले यसबाटै प्रहरी कर्मचारीको कार्य दक्षता मूल्यांकन हुने उल्लेख गरे । उनले राजश्वमा तलमाथि हुनेकुरा, तस्करी गर्नेकुरा, सीमानामा अपराधजन्य गतिविधि परिणाममुखी ढंगले नियन्त्रण गर्नुपर्ने बताए ।

उनले भने , ‘सीमानामा हुने तस्करी तुरुन्त तपाईंहरुले नियन्त्रण गर्नुहोला । मैले यो गोष्ठीपछि तपाईंहरु आफ्नो आफ्नो कार्यक्षेत्रमा गइसकेपछि सीमा क्षेत्रमा तस्करी भइराखेको छ, राजश्व चुहावट भइरहेको छ, उठ्नुपर्ने राजश्व उठिरहेको छैन भन्नेकुरा सुन्न नपरोस् । तपाईंहरुको मूल्यांकन त्यसकै आधारमा गरिनेछ, मैले यो स्पष्ट भनेको छु । राजश्वमा तलमाथि हुनेकुरा, तस्करी गर्नेकुरा, सीमानामा अपराधजन्य कामहरु हुने जुन कुराहरु छन्, यो परिणाममुखी ढंगले देखिनुप¥यो नियन्त्रणमा ।’

गृहमन्त्री लेखकले आफूहरु लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने अठोटका साथ अगाडि बढेको बताए । नेपालको शासकीय स्वरुप बहुलवादमा आधारित बहुदलीय प्रतिष्पर्धासहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र संसदीय प्रणाली रहेको बताए ।


प्रकाशित मिति: २ पुष २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?