Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

मोटरसाइकल दुर्घटनामा श्रीमानश्रीमतीको मृत्यु, छोरी गम्भीर घाइते


१५ चैत्र, ललितपुर । ललितपुरमा मंगलबार भएको मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ । उनीहरुकी छोरी गम्भीर भाइते भएकी छिन् ।

ललितपुरको महाङ्काल गाउँपालिका–१ बुखेलस्थित सडकमा बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक बागमती गाउँपालिका–७ घर भइ महाङ्काल गाउँपालिका–१ बुखेल बस्ने ३५ वर्षीय विष्णुप्रसाद फुँयाल र मोटरसाइकलमा सवार उनकै श्रीमती ३४ वर्षीया सिर्जना फुँयाल रहेका प्रहरी प्रवक्ता पोषराज पोखरेलले जानकारी दिएका छन् ।

उक्त दुर्घटनामा गम्भीर घाइते भएकी उनीहरुकै छोरी पाँच वर्षीय सिर्जनालाई उपचारका लागि पाटन अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।


प्रकाशित मिति: १५ चैत्र २०७९, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?