Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

इजिप्ट र अमेरिकी विदेशमन्त्रीबीच सिरियाको घटनाक्रमबारे छलफल


काठमाडौँ । इजिप्टका विदेश मन्त्री बद्र अब्देलाट्टी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सिरियामा हालैका घटनाक्रमका बारेम छलफल गरे  ।

दुवै पक्षले सिरियामा स्थायित्व पुनःस्थापनाको लागि बाटो प्रशस्त गर्नका लागि कुनैपनि सिरियाली राष्ट्रिय घटक वा दलहरूलाई बहिष्कृत नगर्ने वृहत राजनीतिक प्रक्रिया अपनाउने महत्वमा जोड दिए । अब्देलाट्टीले सिरियाको सार्वभौमिकता, एकता र भूमि सुरक्षाको लागि इजिप्टको समर्थनलाई पुष्टि गरे  ।

इजिप्टले गोलान हाइट्स र अन्य छिमेकी स्थानहरूमा डिसैनिकीकृत बफर जोनको नियन्त्रणलाई इजिप्टले अस्वीकार गरेकोमा जोड दिएका छन्  । साथै यसलाई सिरियाली क्षेत्रहरूको कब्जा र अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन भएको बताएका छन्  । अन्तर्राष्ट्रिय समुदायलाई सिरियामा कुनैपनि आक्रमण रोक्न आफ्नो जिम्मेवारी लिन आग्रह गरे  ।

आफ्नो पक्षबाट ब्लिन्केनले सिरियाली जनताको राम्रो भविष्य निर्माण गर्ने ऐतिहासिक अवसरमा जोड दिए  । सिरियाली विद्रोही समूहहरूले गरेको व्यापक आक्रमणपछि आईतवार आफ्नो सरकार ढलेपछि सिरियाली राष्ट्रपति बसर अल–असद राजीनामा दिएर र शरण लिन रुस पुगेका छन् ।


प्रकाशित मिति: २७ मंसिर २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?