Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

एनपिएलः लिगबाटै बाहिरियो लुम्बिनी लायन्स


काठमाडौँ । काठमाडौँ गुर्खाजसँग  १८ रनले पराजित लुम्बिनी लायन्स सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलको लिग चरणबाट बाहिरिएका छन्  । काठमाडौका बलरहरू चम्कँदा लुम्बिनीले १०४ रनको सामान्य लक्ष्य पछ्याउन सकेन र एनपिएलबाट बाहिरिने पहिलो टिम बन्न पुगे  ।

जितको लागि १०४ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्स १९ ओभर २ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८५ रनमा समेटिए  । लुम्बिनी जित्नैपर्ने दबाबमा थिए  । जितको लागि लक्ष्य पनि सहज थियो । लुम्बिनीले बिर्सनलायक शुरूवात गरे  । ओपनरद्वय आशुतोष घिरोहिया ४ रनमा र अर्जुन साउद ३ रनमा आउट भए । लगतै टम मोर्स ६ रनमा पबिलियन फर्कंदा ३ विकेटको नोक्शानीमा लुम्बिनीले १५ रन मात्र बनाएका थिए  ।

तर यसपछि जारी एनपिएलमा सर्वाधिक रन बनाउने सूचीको शिर्षस्थानमा रहेका कप्तान रोहित पौडेलको विकेट दीपेश कँडेलले लिए । ८ रन बनाएर रोहित एलबिडब्लु धरापमा परे । यतिखेर लुम्बिनीले ४२ रन जोड्दा ५ विकेट गुमाएका थिए  । यसपछि पनि लुम्बिनीको जित सहज नै थियो । ६२ बलमा जितको लागि ६६ रन बनाउनु थियो ।तर पनि लुम्बिनीका खेलाडीहरू क्रिजमा टिक्न सकेनन् । उन्मुक्त चन्द १४ रनमा, साद बिन जाफर ० रनमा र विवेक यादव २ रनमा आउट भए । ५१ रन जोड्दा ७ विकेट गुमाउँदा ५१ रन बनाएपछि लुम्बिनी दबाबमा आए ।

यसपछि सन्दीप जोरा २६ रनमा आउट भएसँगै लुम्बिनी हार नजिक पुगे  । सूर्य तामाङ अवोजित ११ रनमा क्रिजमा रहे पनि लुम्बिनी १८ रनको हार व्यहोर्न बाध्य भए । बलिङमा कप्तान करण केसीले ४ ओभरमा मात्र १६ रन खर्चेर ४ विकेट लिए । दीपेश कँडेलले ३ र जेराड इरामसले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको काठमाडौँ  गुर्खाजले १९ ओभर २ बलमा अल आउट हुँदै मात्र १०३ रनमा समेटिए  । काठमाडौंको शुरूवात कमजोर रह्यो । उसले ४ विकेट गुमाउँदा २३ रन बानएका थिए  । ओपनर माइकल लेभिट डक आउट हुँदा अर्का ओपनर स्टेफन इस्किनाजी १३ रनमा, जेराड इरासमस १ रनमा र सुमित महर्जन ४ रनमा आउट भए । टप अर्डरको फितलो प्रदर्शनपछि कुनैपनि खेलाडी क्रिजमा टिक्न सकेनन् ।

यसपछि भीम सार्कीले सर्वाधिक ३१ रन, ड्यान डाउथवेट २१ रनमा र प्रतिक श्रेष्ठ २० रनमा आउट भए । काठमाण्डुका चार खेलाडीले मात्र दोहोरो रन छोए । बलिङमा सद विन जाफरले ४ ओभरमा २१ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । रामोन सिमोन्डस र अविशेश गौतमले २/२ विकेट लिए ।

काठमाडौंको चार खेलमा यो दोस्रो जित हो । उसले चार अंक बनाएको छ । ६ खेलमा पाँच हार र एक जितसहित लुम्बिनी दुई अंकसहित लिग चरणबाट बाहिरिएका छन्  ।


प्रकाशित मिति: २६ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?