Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

नेपाल—एडीबीबीच यान्त्रिक सिंचाई नवप्रवर्तन र जलवायु प्रतिरोधी परिदृश्य परियोजना सम्झौता


काठमाडौँ । नेपाल सरकार र एशियाली विकास बैंक (एडीबी) बीच यान्त्रिक सिंचाई नवप्रवर्तन परियोजना (एमआईआईपी) र जलवायु अनुकुल परिदृश्य र जीवनयापन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बुधवार अर्थ मन्त्रालयमा नेपाल र एडिबीबीच उक्त परियोजनाका लागि १५ करोड ७० लाख अमेरिकी डलर (२१ अर्ब २३ करोड रुपैयाँ बराबर) को सहुलियतपूर्ण ऋण र अनुदान सम्झौतामा हस्ताक्षर भएको हो । एमआईआईपी कार्यान्वयनका लागि १ करोड ५० लाख अमेरिकी डलर (२ अर्ब नेपाली रुपैयाँ) अनुदान र ११ करोड अमेरिकी डलर (१४ अर्ब ८८ करोड रुपैयाँ बराबर) ऋण सम्झौतामा अर्थसचिव डा. रामप्रसाद घिमिरे र नेपालका लागि एडीबीका देशीय निर्देशक अर्नाउड कचोइसले हस्ताक्षर गरे ।  ।

परियोजनामार्फत किसानलाई आफ्नो खेतको आवश्यकताअनुसार पानीको पहुँच प्रदान गर्न अनुमति दिने प्रिपेड कार्ड प्रणालीसहित उन्नत सिंचाई प्रविधिहरू प्राप्त हुने विश्वास लिइएका  छन्  । आयोजना मधेस प्रदेशका रौतहट र सर्लाही लगायतका जिल्लामा लागू हुने र यसबाट एक लाख २१ हजारभन्दा बढी किसान लाभान्वित हुने विश्वास गरिएको छ । परियोजनाले कृषि उत्पादकत्वमा सुधार, सिंचाई सुविधा र खाद्य सुरक्षामा योगदान दिने सचिव घिमिरेले बताए  ।

त्यसैगरी समुदायमा आधारित जलवायु उत्थानशिल कार्यक्रम  कार्यान्वयनका लागि २२ मिलियन अमेरिकी डलर (२ अर्ब ९७ करोड बराबर) को अनुदान सम्झौता र एक करोड अमेरिकी डलर (१ अर्ब ३५ करोड रुपैयाँ बराबर)को ऋण सम्झौतामा मन्त्रालयका सहसचिव धनीराम शर्माले हस्ताक्षर गरे । यो रकम जलवायु परिवर्तनको प्रभावबाट अत्याधिक जोखिममा रहेका कर्णाली र सुदूरपश्चिम प्रान्तका ग्रामीण समुदायहरूको जलवायु उत्थानशिल जीविकोपार्जन क्षमता बढाउनमा केन्द्रित हुने बताएका छन्  । यस परियोजनाले पानीको असुरक्षालाई सम्बोधन गर्ने, प्रकृतिमा आधारित जीविकोपार्जनलाई प्रवद्र्धन गर्ने र जलस्रोतको दिगो व्यवस्थापनमार्फत स्थानीय समुदायहरूलाई सशक्त बनाउनेछन्  ।

त्यसैगरी समुदायमा आधारित जलवायु उत्थानशिल कार्यक्रमको आयोजना सम्झौतामा वन तथा वातावरण मन्त्रालयका सहसचिव बद्रीराज ढुंगाना, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव दीर्घनारायण कोइरालाले हस्ताक्षर गरे । सम्झौता कार्यक्रममा देशीय निर्देशक काउचोइसले नेपालको विकास लक्ष्यहरूलाई समर्थन गर्र्ने बताए  । विशेष गरी जलवायु अनुकुलन, कृषि उत्पादकत्व, र पानी सुरक्षाको क्षेत्रमा सहयोग पु¥याउने प्रतिवद्धता जनाए  ।

अर्थ सचिव डा. रामप्रसाद घिमिरेले एडीबीको निरन्तर सहयोग र साझेदारीका लागि धन्यवाद व्यक्त गरे । डा. घिमिरेले यी आयोजनाहरूले सिंचाई पूर्वाधारमा मात्रै नभई नेपालको सबैभन्दा जोखिममा परेका समुदायहरूलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । डा. घिमिरेले ग्रामीण जनजीवनमा सकारात्मक र दिगो प्रभाव पार्ने उद्देश्यले आयोजनाको समयमै र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न कार्यान्वयन गर्ने निकायलाई आग्रह गरे । खाद्य सुरक्षा सुनिश्चित गर्न र जलवायु परिवर्तनसँग लड्न, उन्नत सिंचाई प्रविधि र दिगो जलस्रोत व्यवस्थापनमा महत्वपूर्ण हुने उनले बताए  ।

यी सम्झौताहरूमा हस्ताक्षरले नेपालको कृषि उत्पादकत्व वृद्धि गर्न, पानी सुरक्षा सुधारका प्रयासहरूमा एउटा महत्वपूर्ण कोशेढुङ्गा हुने विश्वास गरेका छन् । ।


प्रकाशित मिति: २६ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?