Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

एनपिएलः जनकपुरको पहिलो हार, सुदूरपश्चिमको चौथो जित


काठमाडौँ। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सलाई जारी लिगमै सबैभन्दा कम योगफलमा रोक्दै सुदूरपश्चिम रोयल्सले चौथो जित निकालेका छन्  ।

 १२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर ५१ रनमा समेटिए । सुदूरपश्चिमले भने पाँचौँ खेलमा ७२ रनको जित निकालेको हो । साथै सुदूरपश्चिम जनकपुरको अपराजित यात्रा तोड्दै पहिलो पराजय चखाउन सफल रह्यो । यस जितसँगै सुदूरपश्चिम नेट रन रेटका आधारमा अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । जितको लागि १२४ रनको सहज विजय लक्ष्य पछ्याएको जनकपुर १३ ओभरको पहिलो बलमा नै ५१ रनमा अल आउट भए  । यो एनपिएलमा अहिलेसम्मकै कम योगफल हो ।

यसअघि चितवनले पोखरालाई ७४ रनमा समेटेका थिए । जारी लिगमा शानदार प्रदर्शन गरेको जनकपुरले १२४ रनको लक्ष्य सहजै पूरा गर्ने अनुमानलाई सुदूरपश्चिमका बलरले गलत तुल्याइदिए । पहिलोदेखि छेटौं क्रमका कुनैपनि ब्याटरले दोहोरो रन छुन सकेनन् । ६ विकेट गुमाउँदा ३७ रन बनाएसँगै जनकपुरको हार निश्चित जस्तै बनेको थियो । लगातार विकेट गएपछि कुनैपनि खेलाडीले टिकेर खेल्न सकेनन् ।

सहज लक्ष्य हुँदा समेत जनकपुरले निराशाजनक प्रदर्शन गरे  । जोसुवा ट्रम्पले १३ रन बनाए । यसबाहेक कसैले पनि दोहोरो रन जोड्न सकेनन् । बलिङमा हर्मित सिंह, दीपेन्द्र सिंह ऐरी र ईशान पाण्डेले समान २/२ विकेट लिए ।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा संघर्ष गर्दै ९ विकेटको नोक्शानीमा मात्र १२३ रनको कम योगफल तयार पारे  । सुदूरपश्चिमले शुरूवात राम्रो गरे  । पावर प्लेमा बिना विकेटको नोक्शानीमा ४२ रन बनाएका थिए  । सेफ जेब र विनोद भण्डारीले पहिलो विकेटको लागि ५५ रनको साझेदारी गरे । सेफ २१ रनमा आउट भएपछि सुदूरको विकेट पतन हुने क्रम रोकिएन । बाँकी ६८ रन जोड्ने क्रममा सबै विकेट गुमाउन पुगे । हर्मित सिंह १ रनमा र ओपनर विनोद ३३ रनाम आउट भए ।

उनले ३७ बल खेल्दै ३ चौका र १ छक्कासहित टिमको लागि सर्वाधिक ३३ रन बनाए । भरपर्दा ब्याटर तथा कप्तान दीपेन्द्रसिंह ऐेरी रनको खाता नखोली आउट हुँदा सुदूर थप दबाबमा परे  । ४ विकेटको नोक्शानीमा सुदूरले मात्र ७६ रन बनायो । दीपेन्द्रलाई पछ्याउँदै ब्रान्डन मकमलेन पनि ११ रनमा आउट भए ।

यसपछि १८ औं ओभरमा किशोर महतोले सानदार बलिङ गरे । यो ओभरमा उनले आरिफ शेख,ईशान पाण्डे र स्कट कुगेलिनलाई आउट गरे । आरिफ र स्कटले दोहोरो रन समेत छुन सकेनन् भने ईशान १७ रनमा समेटिए । सुदूरका मात्र चार खेलाडीले दोहोरो रन बनाए । बलिङमा किशोर महतोले ४ ओभर बलिङ गर्दै ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यसैगरी शेर मल्ल र अरनिको यादवले समान २/२ विकेट लिए ।


प्रकाशित मिति: २६ मंसिर २०८१, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?