Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

पूर्वगृहमन्त्री लामिछानेको मुद्दा तीन दिनभित्र अदालतमा दर्ता गराउन सांसद शर्माको माग


काठमाडौँ ।  नेपाली काँग्रेसका सांसद डा.सुनिल शर्माले पूर्वगृहमन्त्री रवि लामिछाने माथि सरकारले अमानवीय र अन्याय गरिरहेको बताएका छन्  ।

मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सांसद शर्माले यस्तो आग्रह गरेका हुन् ।  उनले  नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्रीलाई तीन दिनभित्र रवि लामिछानेको मुद्दा अदालतमा दर्ता गराउन माग गरे । उनले  कानूनी राज्यलाई मान्ने दायित्व राष्ट्रिय स्वतन्त्र पार्टीको पनि भएको भन्दै अदालतले गर्ने फैसला मान्नुपर्ने बताए  ।

उनले सरकारले पूर्वगृहमन्त्री रवि लामिछानेलाई गिरफ्तार गरेर १० दिनमा अदालत लैजानुपर्ने भएपनि अहिलेसम्म अमानविय व्यवहार गरिएको बताए ।

  उनले  अनुसन्धान भन्दै विभिन्न जिल्लामा पु¥याउने काम गरेकोप्रति आपत्ति जनाए ।  उनले  गिरफ्तार गरेर अनुसन्धान गर्नु सरकार,प्रहरी र कानूनको दायरामा पर्ने विषय भएपनि एउटा मान्छेलाई गिरफ्तार गरेर जनावरलाई जस्तो व्यवहार गर्नु स्वीकार्य नभएको बताए ।

उनले  लोकतान्त्रिक र प्रजातान्त्रिक व्यवस्थामा अमानवीय व्यवहार स्वीकार्य नहुने बताएका छन् ।  उनले नेपाली काँग्रेसको गृहमन्त्री भएको बेलामा न्यायिक निरुपणको विषय स्पष्ट रुपमा हुनुपर्ने बताए  ।

उनले भने ,‘सरकारले पूर्वगृहमन्त्री रवि लामिछानेलाई गिरफ्तार गरियो । अनुसन्धान गर्नेकुरा सरकार,प्रहरी र कानूनको दायरामा पर्ने विषय हो । तर एउटा मान्छेलाई गिरफ्तार गरेपछि प्रक्रिया हुन्छ । जुन सरकारले मान्छेलाई गिरफ्तार गरेको हो । जनावरलाई गिरफ्तार गरेको होइन । मध्यरातमा अमानविय तरिकाले ठाउँ सार्ने काम राम्रो होइन । सरकारले पूर्वगृहमन्त्रीलाई जनावरको जस्तो व्यवहार गरिएको छ । लोकतान्त्रिक र प्रजातान्त्रीक व्यवस्थामा अमानविय कार्यको म घोर भत्र्सना गर्न चाहन्छु । सरकारमा कम्युनिष्ट पार्टी मात्रै छैन । नेपाली काँग्रेस पनि छ । सरकारमा पार्टी सभापतिको श्रीमती जानुभएको छ । कानूनको विद्यार्थी नै गृहमन्त्री हुनुहुन्छ । नेपाली काँग्रेसको गृहमन्त्री भएको बेलामा न्यायिक निरुपणको विषय भएकाले १० दिनभित्रमा अदालतमा बुझाउनुपर्ने भएपनि नियतवस जानीजानी मानसिक रुपमा कमजोर बनाउनको निम्ति विभिन्न ठाउँमा कुदाउने काम भएको छ । लोकलाई लाज हुनेगरी अन्यायपूर्ण ढङ्गले रवि लामिछानेलाई थुनामा राख्ने काम भएको छ । म नेपाल सरकारका प्रधानमन्त्री,गृहमन्त्रीलाई तत्काल तीन दिनमित्रमा रवि लामिछानेको मुद्दा अदालतमा दर्ता गरियोस् भन्न चाहन्छु । कानूनी राज्यलाई मान्ने दायित्व राष्ट्रिय स्वतन्त्र पार्टीको पनि हो । अदालतले गर्ने फैसलालाई सबैले मान्नुपर्छ ।’

उनले सरकारले लामिछानेलाई नियतवस वा जानिजानि मानसिक रुपमा कमजोर बनाउनको निम्ति विभिन्न ठाउँमा पुर्‍याउने काम गरिरहेको बताए ।  उनले  लोकलाई लाज हुनेगरी अन्यायपूर्ण ढङ्गले रवि लामिछानेलाई थुनामा राख्न नहुनेमा जोड दिए  ।


प्रकाशित मिति: २५ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?