Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

एनपिएलः रोहितको अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित(तस्बिरहरु)


काठमाडौँ । कप्तान रोहित पौडेलको अल राउण्ड प्रदर्शनमा चितवन राइनोजलाई ३३ रनले हराउँदै लुम्बिनी लायन्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा पहिलो जित हात पारेका छन्  । पाँचौं खेलमा पहिलो जित निकालेको लुम्बिनीले प्ले अफमा पुग्ने झिनो आशालाई कायमै राखेका छन्  ।

जितको लागि १६८ रनको लक्ष्य पछ्याएको चितवन २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रनमा समेटियो । चितवन शुरूवातमा नै दबाबमा पर्‍यो । जब १६ रन मात्र बनाउँदा ३ विकेट गुमाए  । विपिन रावल ५ रनमा आउट भए ।

यसपछि कप्तान रोहित पौडेलले सन्तोष कार्कीलाई १० रनमा र सोहेल तनवीरलाई १ रनमा पबिलियनको बाटो देखाइदिए । लुक बेन्केनस्टेन ३१ रनमा आउट भए । लगत्तै रोहितले रवि बोपरालाई विवेक यादवद्वारा क्याच आउट गरे । रोहितले यसपछि जान निकोललाई पनि मात्र ६ रनमा आउट गरे ।

यतिखेर चितवनले ६ विकेट गुमाउँदै ७९ रन मात्र बनाएको थियो । अमर राउटेला ६ रनमा र यसपछि कप्तान कुशल मल्ल पनि २० रनमा आउट भएसँगै चितवनको हार लगभग निश्चित भयो ।

यसपछि नर सार्कीले अविजित २२ र रिजन ढकालले अविजित १५ रन बनाएपनि चितवन १३४ रनमा समेटिए । बलिङमा रोहित पौडेलले ४ ओभर बलिङ गर्दै मात्र १७ रन खर्चेर ४ विकेट लिए ।

पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाए  । खराब शुरूवात गरेको लुम्बिनीले मात्र १ रन जोड्दा दुई ओपनर गुमाए  ।

दोस्रो ओभरमा रिजन ढकालले ओपनर आशुतोष घिरोहियालाई १ रनमा र उन्मुक्त चन्द ० रनमा पबिलियनको बाटो देखाइदिए । शुरूवातमा नै दुई विकेट गुमाएर दबाबामा परेको लुम्बिनीले पावर प्लेमा २ विकेटको नोक्शानीमा ३३ रन मात्र बनाए ।

यसपछि अर्जुन साउद १५ रनमा र टम मोर्स १० रनमा आउट भए । यतिखेर लुम्बिनीले चार विकेटको नोक्शानीमा ४९ रन जोडेको थियो । संघर्ष गरेको लुम्बिनीको लागि कप्तान रोहित पौडेलले सुझबुझपूर्ण ब्याटिङ गरे । रोहित र साद बिन जाफरले पाँचौं विकेटको लागि शतकीय साझेदारी गरे । उनीहरूले ११४ रनको साझेदारी गर्दा दुवैले अर्धशतकीय पारी खेले । रोहितले ४२ बलमा अर्धशतक पूरा गरे । उनले ५७ बलको सामना गर्दै ६ चौका र ५ छक्कासहित ८० रनको उत्कृष्ट पारी खेले । सादले ३५ बल खेलेर ४ चौका र १ छक्कासहित ५२ रन बनाए । बलिङमा रिजन ढकालले सर्वाधिक ३ विकेट लिए ।

पाँच खेलमा चितवनको यो दोस्रो हार हो । उसंग ६ अंक रहेको छ । पाँचौ खेलमा पहिलो जित निकालेको लुम्बिनीले अंकको खाता खोलेका छन्  । पाँच खेलबाट २ अंक जोड्दै लुम्बिनीले प्ले अफको झिनो संभावनालाई कायमै राखेका छन् ।

 


प्रकाशित मिति: २५ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?