Trending
>>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु) >>   भारी वर्षाको पूर्वानुमानसँगै पदयात्रा र हिमाल आरोहणमा उच्च शतर्कता अपनाउन पर्यटन बोर्डको अपिल
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

सरकारको कामबाट सन्तुष्ट छैन, समयमै सत्ता हस्तान्तरण हुनुपर्छः नेता निधी


काठमाडौँ ।  नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले वर्तमान सरकारको काम, कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्  ।

सोमवार साँझ जनकपुरधाममा महेन्द्रनारायण निधीको जीवनमा आधारित पुस्तक ‘नेपालका निधी’को लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले  आफू अहिलेको सरकारले गरेको काम, कारबाहीबाट सन्तुष्ट नरहेका र हुन पनि नचाहेको बताए ।

उनले अहिलेको सरकारबाट आफूले धेरै कामको आशा पनि नगरेको बताए । उनले  धेरै आशा गर्दा काम कम हुने रिस उठ्ने भन्दै धरै काम होला भन्ने आश नरहेको बताए । उनले  वर्तमान सरकारले सम्झौताअनुसार दुई वर्षपछि इमान्दारितापूर्वक सत्ता हस्तान्तरण गर्नुपर्ने बताए ।

उनले भने , ‘मलाई भन्नुहुन्छ भने यो सरकारको काम कारबाहीबाट म पनि धेरै सन्तुष्ट छैन । यो सरकारको काम कारबाहीबाट म धेरै सन्तुष्ट हुन पनि चाहन्न । किनभने मलाई थाहा छ, यो सरकारबाट मैले धेरै कामको आशा गरेकै छैन । तपाईंले जुन दिन धेरै आशा गर्नुहुन्छ । काम कम हुन्छ, रिस हुन्छ, असन्तुष्टि हुन्छ । जब थोरै आशा गर्नुहुन्छ, कहिले पनि सन्तुष्टि हुँदैन । मलाई यो सरकारबाट धेरै काम होला, काम गर्नुपर्छ भन्ने आशा छैन । यो सरकारसँग एउटा मात्रै काम के छ भने यो सरकारले सम्झौताअनुसार दुई वर्षपछि इमान्दारिपूर्वक सत्ता हस्तान्तरण गर्नुप¥यो । त्यति मात्रै हो मलाई आशा । त्यसमा विवाद नहोस् ।’

सांसद निधीले सत्ता हस्तान्तरणमा विवाद आउनु नहुने बताए  ।


प्रकाशित मिति: २५ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?