Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

सरकारको कामबाट सन्तुष्ट छैन, समयमै सत्ता हस्तान्तरण हुनुपर्छः नेता निधी


काठमाडौँ ।  नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले वर्तमान सरकारको काम, कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन्  ।

सोमवार साँझ जनकपुरधाममा महेन्द्रनारायण निधीको जीवनमा आधारित पुस्तक ‘नेपालका निधी’को लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले  आफू अहिलेको सरकारले गरेको काम, कारबाहीबाट सन्तुष्ट नरहेका र हुन पनि नचाहेको बताए ।

उनले अहिलेको सरकारबाट आफूले धेरै कामको आशा पनि नगरेको बताए । उनले  धेरै आशा गर्दा काम कम हुने रिस उठ्ने भन्दै धरै काम होला भन्ने आश नरहेको बताए । उनले  वर्तमान सरकारले सम्झौताअनुसार दुई वर्षपछि इमान्दारितापूर्वक सत्ता हस्तान्तरण गर्नुपर्ने बताए ।

उनले भने , ‘मलाई भन्नुहुन्छ भने यो सरकारको काम कारबाहीबाट म पनि धेरै सन्तुष्ट छैन । यो सरकारको काम कारबाहीबाट म धेरै सन्तुष्ट हुन पनि चाहन्न । किनभने मलाई थाहा छ, यो सरकारबाट मैले धेरै कामको आशा गरेकै छैन । तपाईंले जुन दिन धेरै आशा गर्नुहुन्छ । काम कम हुन्छ, रिस हुन्छ, असन्तुष्टि हुन्छ । जब थोरै आशा गर्नुहुन्छ, कहिले पनि सन्तुष्टि हुँदैन । मलाई यो सरकारबाट धेरै काम होला, काम गर्नुपर्छ भन्ने आशा छैन । यो सरकारसँग एउटा मात्रै काम के छ भने यो सरकारले सम्झौताअनुसार दुई वर्षपछि इमान्दारिपूर्वक सत्ता हस्तान्तरण गर्नुप¥यो । त्यति मात्रै हो मलाई आशा । त्यसमा विवाद नहोस् ।’

सांसद निधीले सत्ता हस्तान्तरणमा विवाद आउनु नहुने बताए  ।


प्रकाशित मिति: २५ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?