Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

०७ सालको क्रान्तिको जगमा अहिलेको परिवर्तन भएको होः रामवरण यादव


काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २००७ सालको क्रान्तिको जगमा अहिलेको उपलब्धी प्राप्त भएको बताएका छन्  ।

सोमवार साँझ जनकपुरधाममा महेन्द्रनारायण निधीको जीवनमा आधारित पुस्तक ‘नेपालका निधी’को लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले  पूर्वी मधेस बलिदानी ठाउँ भएको उल्लेख गर्दै बलिदानको उपलब्धिस्वरुप अहिले आफू जस्तो सामान्य व्यक्ति सरकार प्रमुख बनेर काम गरेको बताए  ।

उनले ०६२/०६३ को परिवर्तन २००७ सालको क्रान्तिको जगमा भएको बताए  । २००७ सालको क्रान्ति फेल भएको भए यो परिवर्तन सम्भव नरहेको बताए  ।

उनले  भने , ‘पूर्वी मधेस बलिदानीको ठाउँ हो । २००७ सालको क्रान्तिको जगमा २०१७ सालको प्रतिगमन, ०३६ सालको आन्दोलन, ०४६ को पुनः स्थापना र ०६२÷०६३ को परिवर्तन २००७ सालको क्रान्तिको जगमा परिवर्तन भएको छ । २००७ सालको क्रान्ति फेल भएको भए यो परिवर्तन सम्भव थिएन । आज म जस्तो मान्छे देशको राष्ट्रपति भएँ । एउटा पत्थरमाथि उभिएर अर्को जम्प गर्ने ठाउँ २००७ सालको क्रान्तिले दिएको हो । यसमा सम्पूर्ण देशवासीको योगदान छ ।’

उनले अहिलेको उपलब्धि प्राप्त गर्नुमा सम्पूर्ण देशवासीको योगदान रहेको बताए ।


प्रकाशित मिति: २५ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?