Trending
>>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध >>   संसारका लागि हात्ती र बाघ पाल्दा नेपालले के पाउँछ:नारायणदत्त मिश्र >>   सरकारविरुद्ध माईतीघरमा जेन–जीको नाराबाजीः ‘जेन–जीको माग हरायो, निर्वाचन भनि करायो’ (तस्बिरहरु) >>   एमाले निर्वाचनमा जान तयार भयो, ओलीको स्थानहदमा सरकार लचिलो बन्नसक्छः सञ्चारमन्त्री खरेल
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

०७ सालको क्रान्तिको जगमा अहिलेको परिवर्तन भएको होः रामवरण यादव


काठमाडौँ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले २००७ सालको क्रान्तिको जगमा अहिलेको उपलब्धी प्राप्त भएको बताएका छन्  ।

सोमवार साँझ जनकपुरधाममा महेन्द्रनारायण निधीको जीवनमा आधारित पुस्तक ‘नेपालका निधी’को लोकार्पण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले  पूर्वी मधेस बलिदानी ठाउँ भएको उल्लेख गर्दै बलिदानको उपलब्धिस्वरुप अहिले आफू जस्तो सामान्य व्यक्ति सरकार प्रमुख बनेर काम गरेको बताए  ।

उनले ०६२/०६३ को परिवर्तन २००७ सालको क्रान्तिको जगमा भएको बताए  । २००७ सालको क्रान्ति फेल भएको भए यो परिवर्तन सम्भव नरहेको बताए  ।

उनले  भने , ‘पूर्वी मधेस बलिदानीको ठाउँ हो । २००७ सालको क्रान्तिको जगमा २०१७ सालको प्रतिगमन, ०३६ सालको आन्दोलन, ०४६ को पुनः स्थापना र ०६२÷०६३ को परिवर्तन २००७ सालको क्रान्तिको जगमा परिवर्तन भएको छ । २००७ सालको क्रान्ति फेल भएको भए यो परिवर्तन सम्भव थिएन । आज म जस्तो मान्छे देशको राष्ट्रपति भएँ । एउटा पत्थरमाथि उभिएर अर्को जम्प गर्ने ठाउँ २००७ सालको क्रान्तिले दिएको हो । यसमा सम्पूर्ण देशवासीको योगदान छ ।’

उनले अहिलेको उपलब्धि प्राप्त गर्नुमा सम्पूर्ण देशवासीको योगदान रहेको बताए ।


प्रकाशित मिति: २५ मंसिर २०८१, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?