Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

चलचित्रका माध्यमबाट बालविवाह रोक्नुपर्छः अध्यक्ष मगर


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले चलचित्रका माध्यमबाट नेपाली समाजमा बालविवाह रोक्नुपर्ने बताएका  छन् ।

सोमवार काठमाडौंमा १२ औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएक हुन् ।  उनले  बालविवाह कानूनले प्रतिवन्ध लगाइकेको भएपनि समाजमा अझै भइरहेको बताए  ।

बालविवाह रोक्नको लागि सिनेमाबाट जनचेतना अभिवृद्धि गर्नुपर्ने बताए ।  उनले  सामाजिक परिवेशमा सिनेमाको माध्यमबाट बालविवाह रोक्नुपर्ने बताए  ।

उनले भने , ‘बालविवाह कानूनले प्रतिवन्ध लगाइसक्यो । कानूनले प्रतिवन्ध लगाइसके पनि समाजमा चलिरहेको छ । कतिपय कुराहरु सामाजिक परम्पराअनुसार पनि हुन्छ । समाजमा रोकिएको छैन तर कानूनले प्रतिवन्ध लगाइसकेको छ । हामीले चलचित्रहरुमार्फत हामीले बालविवाहसम्बन्धी जनचेतना फैल्याउनु पर्छ । सामाजिक परिवेशमा सिनेमाको माध्यमबाट बालविवाह रोक्नुपर्छ ।’

कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले नेपालको प्रत्येक घरमा एउटा चलचित्रको कथावस्तु रहेकाले कथा खोज्न संसार धाउनु नपर्ने उल्लेख गरे ।  उनले  नेपाली कथालाई अन्तर्राष्ट्रिय बजारसम्म पुयाउनुपर्ने दायित्व चलचित्र विकास बोर्डसामु रहेको उल्लेख गर्नुभयो ।

उनले  भने , ‘हामी नेपाली चलचित्रकर्मीहरु पछिल्लो समयमा चलचित्रको कथा भन्ने स्टाइलहरु फरक फरक तरिकाले आएको छ । नेपालको प्रत्येक घरमा एउटा कथा छ । प्रत्येक टोल र गाउँमा एउटा कथा छ । अब कथा हामीले संसारबाट खोज्नु पर्दैन । तर त्यो कथालाई इन्टरनेशनल प्ल्याटफर्ममा स्वकेसिङ गर्नका लागि टेक्नीकल्ली र नेटवर्कका हिसावमा अघि जानुपर्छ । अबको चलचित्र विकास बोर्डले पनि अन्तर्राष्ट्रिय स्तरमा चलचित्र क्षेत्रको विकास गर्नुपर्छ ।’

अध्यक्ष दाहालले अबको चलचित्र विकास बोर्डले अन्तर्राष्ट्रिय स्तरमा चलचित्र क्षेत्रको विकास गर्नुपर्ने बताए ।


प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?