Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

चलचित्रका माध्यमबाट बालविवाह रोक्नुपर्छः अध्यक्ष मगर


काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले चलचित्रका माध्यमबाट नेपाली समाजमा बालविवाह रोक्नुपर्ने बताएका  छन् ।

सोमवार काठमाडौंमा १२ औं नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्दै उनले यस्तो बताएक हुन् ।  उनले  बालविवाह कानूनले प्रतिवन्ध लगाइकेको भएपनि समाजमा अझै भइरहेको बताए  ।

बालविवाह रोक्नको लागि सिनेमाबाट जनचेतना अभिवृद्धि गर्नुपर्ने बताए ।  उनले  सामाजिक परिवेशमा सिनेमाको माध्यमबाट बालविवाह रोक्नुपर्ने बताए  ।

उनले भने , ‘बालविवाह कानूनले प्रतिवन्ध लगाइसक्यो । कानूनले प्रतिवन्ध लगाइसके पनि समाजमा चलिरहेको छ । कतिपय कुराहरु सामाजिक परम्पराअनुसार पनि हुन्छ । समाजमा रोकिएको छैन तर कानूनले प्रतिवन्ध लगाइसकेको छ । हामीले चलचित्रहरुमार्फत हामीले बालविवाहसम्बन्धी जनचेतना फैल्याउनु पर्छ । सामाजिक परिवेशमा सिनेमाको माध्यमबाट बालविवाह रोक्नुपर्छ ।’

कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले नेपालको प्रत्येक घरमा एउटा चलचित्रको कथावस्तु रहेकाले कथा खोज्न संसार धाउनु नपर्ने उल्लेख गरे ।  उनले  नेपाली कथालाई अन्तर्राष्ट्रिय बजारसम्म पुयाउनुपर्ने दायित्व चलचित्र विकास बोर्डसामु रहेको उल्लेख गर्नुभयो ।

उनले  भने , ‘हामी नेपाली चलचित्रकर्मीहरु पछिल्लो समयमा चलचित्रको कथा भन्ने स्टाइलहरु फरक फरक तरिकाले आएको छ । नेपालको प्रत्येक घरमा एउटा कथा छ । प्रत्येक टोल र गाउँमा एउटा कथा छ । अब कथा हामीले संसारबाट खोज्नु पर्दैन । तर त्यो कथालाई इन्टरनेशनल प्ल्याटफर्ममा स्वकेसिङ गर्नका लागि टेक्नीकल्ली र नेटवर्कका हिसावमा अघि जानुपर्छ । अबको चलचित्र विकास बोर्डले पनि अन्तर्राष्ट्रिय स्तरमा चलचित्र क्षेत्रको विकास गर्नुपर्छ ।’

अध्यक्ष दाहालले अबको चलचित्र विकास बोर्डले अन्तर्राष्ट्रिय स्तरमा चलचित्र क्षेत्रको विकास गर्नुपर्ने बताए ।


प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?