Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

लोकतन्त्रलाई सिध्याउन निरङ्कुश प्रवृत्तिहरु बढ्दै गइरहेका छन्ः महासचिव गुरुङ


काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले लोकतन्त्रलाई सिध्याउन मुलुकमा निरङ्कुश प्रवृत्तिहरु बढ्दै गइरहेको बताएका छन् ।

सोमवार नेपाल राष्ट्रिय कर्मचारी महासङ्घको १८ औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव गुरुङले वर्तमान प्रणालीलाई सिध्याउँदै मुलुकलाई अस्थिरतातर्फ धकेल्ने खेलहरु भइरहेको बताएका हुन् । उनले विश्व भूराजनीतिक परिस्थितिहरुले गर्दा मुलुकको राष्ट्रियतामा गम्भिर संकट पैदा भएको उल्लेख गर्दै उक्त संकट मोचनको लागि कर्मचारी संगठनले दृढतापुर्वक राष्ट्रियता र स्वाधिनताको पक्षमा उभिएर काम गर्नुपर्ने आवश्यकता रहेको बताए  ।

भ्रष्टाचारी, घुसखोरी जस्ता बेथितिका कारणले गर्दा मुलुक टाट पल्टिने दिशातर्फ उन्मुख रहेको उनको भनाइ छ । आर्थिक संकट पैदागरी मुलुकलाई विमुख तुल्याउने र राष्ट्रिय अस्मितालाई समाप्त पार्ने क्रियाकलापहरु भइरहेको भन्दै उनले यसो हुन नदिन र मुलुकमा सुशासन कायम गर्न निरन्तर खबरदारी गर्नु जरुरी रहेको उल्लेख गरे ।

उनले  अने , ‘यतिखेर मुलुकको अगाडि मुख्यगरी तीन वटा समसयाहरु चुनौतिको रुपमा खडा भएका छन् । मुलकमा लोकतन्त्रको स्थापना भएको छ । केही समस्याहरुका बाबजुद पनि यसको रक्षा गर्नुको विकल्प छैन । लोकतन्त्रको रक्षाका लागि पनि कर्मचारीको एकदमै महत्वपूर्ण भुमिका रहन्छ । लोकतन्त्रलाई सिध्याउने निरङ्कुस प्रकारको प्रवृत्तिहरु बढ्दै गइरहेका छन् । वर्तमान प्रणालीलाई सिध्याउने खेलहरु भइरहेका छन् । राज्यलाई अस्थिरतातर्फ लग्ने प्रयास भइरहेको छ । दोस्रो, विश्व भूराजनीतिक परिस्थितिहरुले गर्दा मुलुकको राष्ट्रियतामा गम्भिर संकट पैदा भएको छ ।यो संकटलाई मोचन गर्नको लागि कर्मचारी संगठनले दृढतापूर्वक राष्ट्रियताको पक्षमा, स्वाधिनताको पक्षमा उभिएर काम गर्नुपर्ने आवश्यकता छ । तेस्रो, राज्यमा भ्रष्टाचारी, घुसखोरी, जस्ता बेथितिका कारणले गर्दा मुलुक टाट पल्टिने दिशातर्फ गइरहेको छ । ऋणैऋणमा मुलुक डुबिरहेको छ । मुलुकलाई आर्थिक रुपमा कमजोर बनाउँदै संकटको दिशामा धकेलिरहेको छ । वित्तीय संकट गम्भिर रुपले पैदा भइरहेको छ । यसले राज्यलाई विमुख तुल्याउने र राष्ट्रिय अस्मितालाई समाप्त गर्ने दिशातर्फ गइरहेको छ । यसो हुन नदिन र मुलुकमा सुशासन कायम गर्नको लागि निरन्तर खबरदारी गर्नु जरुरी छ । अनियमितताको विरुद्ध र जनताको हितको पक्षमा कर्मचारीहरुको हितको पक्षमा निरन्तर लडिरहनुपर्ने आवश्यकता छ । ’

मुलुकमा गम्भिर आर्थिक, राजनीतिक र सामाजिक संकट पैदा भएको उल्लेख गर्दै उनले मुलुकको  संकट मोचन गर्न कम्युनिष्ट विचार बोकेका नेता र पार्टीहरु एकढिक्का भएर जानुको विकल्प नभएको बताए । गाण्तन्त्रवादी शक्तिहरु एउटा मोर्चाको माध्यमबाट सहकार्य गर्दै मेचीदेखि महाकालीसम्मका जनतालाई गोलवद्ध गर्दै लैजानुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।


प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?