Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

इजरायली जनतालाई माधव नेपालको आग्रहः देशको फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्नुस्


काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको फास्सिट नीति अवलम्वन गर्ने शासकको पछि नलाग्न इजरायली जनतासँग आग्रह गरेका छन्  ।

सोमवार काठमाडौंको रत्नपार्कमा प्यालेस्टीनीमाथि इजरायली जनसंहारविरूद्व देशव्यापी हस्ताक्षर अभियान उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले  न्याय, सत्यको पक्षमा र अन्याय र अत्याचारको बिरुद्धमा दृढतापूर्वक उभिन आग्रह गरे ।  उनले  नेपालले न्यायको पक्षमा उभिने संकल्प गर्नुपर्ने बताए ।

उनले  प्यालेस्टाइनीमाथि इजरायलको क्रुरता निन्दनीय रहेको बताए ।  उनले  नेपालले न्याय र अन्यायलाई छुट्याउन सक्नुपर्ने बताए ।

उनले भने , ‘न्याय, सत्यको पक्षमा उभिनुपर्छ र अन्याय र अत्याचारको बिरुद्धमा, फासिजमको बिरुद्धमा हामी दृढतापूर्वक उभिनुपर्छ । हाम्रो देश नेपालले न्यायको पक्षमा उभिने संकल्प गर्नुपर्छ । गर्दै आएको पनि छ । अहिलेको सरकारले जसरी जघन्य मानवअधिकारको हनन, मानव अधिकारको जघन्य हनन भइरहेको छ, हत्या भइरहेको छ, क्रुरताको पराकाष्ठामा प्यालेस्टाइनीमाथि जसरी व्यवहार भइरहेको त्यो निन्दनीय र खेदजनक छ । यस्ता कुरामा पनि तटस्थ बस्ने सरकारको यो नीति हो भने यो भत्र्सनायोग्छ । निन्दनीय छ । नेपालले न्याय र अन्यायलाई छुट्याउन सक्नुपर्छ । न्याय र अन्याय छुट्याउन सकेन र सहीको पक्षमा उभिन सकने भने, अमानवताको पक्षमा उभियो भने त्यो भन्दा गम्भीर कुरा अरु केही हुन सक्दैन । हामी नेपाल जनता प्यालेस्टाइनी जनताको पक्षमा रहेका छाँै । जनताको कुरा गर्ने हो भने इजरायली जनतालाई पनि भन्न चाहन्छु, आफ्नो देशको फास्सिट नीति अवलम्वन गर्ने त्यस्ता शासकको पछि नलाग्नुस्, न्यायको पक्षमा उभिनुस् ।’

अध्यक्ष नेपालले नेपाल इजरायल र प्यालेस्टाइनको युद्धबारे तटस्थ बस्नु भत्र्सनायोग्य रहेको बताए  । गाजा—प्यालेस्टाइन युद्ध शुरु भएको १४ महिनापछि सोमवार (आज) बाट पूर्वप्रधानमन्त्रीसहितका नेताहरुले हस्ताक्षर अभियान शुरु गरेका हुन् ।


प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?