Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

देश चलाउन सहकारी ठगे जस्तो हुँदैनः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गरेका छन् ।

आईतवार झापाको दमकमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अभियुक्त रवि लामिछानेप्रति लक्षित गर्दै देश चलाउन सहकारी ठगेको जस्तो नहुने टिप्पणी गरेका हुन् । उनले देश चलाउन सिद्धान्त, नीति, संकल्प र अठोट चाहिने बताउदै देश चलाउन अरुलाई बुरुक—बुरुक उफ्रिएर मुख छोडे जस्तो नहुने उनको भनाइ थियो । नयाँ राजनीतिक शक्तिहरुलाई बाँसको झ्याङमा उम्रिएको नर्कटको संज्ञा दिंदै केहीबेर चम्किने र छिटै सेलाउने भन्दै प्रधानमन्त्री ओलीले कोही पनि नयाँ शक्तिबाट देश बन्ने भ्रममा नपर्न आग्रह गरेका छन् ।

उनले भने, ‘कहिले कहिले यस्तो लाग्छ बाँसको झ्याङको छेउमा एउटा नर्कट उम्रिन्छ । बाँसको टुसो भन्दा छिटो बढ्छ । बाँस अलि यत्रो हुँदा नर्कट अलि ठूलो भइसक्छ । अर्को पल्ट हेर्न जाँदा नर्कट बुढो भएर ढलिसकेको हुन्छ । नयाँ नर्कट त्यस्तै हो । यि नर्कटहरु पुर्लक्क उम्रिन्छन्, अलि यत्रा हुन्छन् फेरि ढल्छन् । कोही भ्रममा नपर्नु भए हुन्छ, देश चलाउन सिद्धान्त चाहिन्छ, नीति चाहिन्छ, संकल्प चाहिन्छ, अठोट चाहिन्छ, सहकारी ठगे जस्तो हुँदैन देश चलाउन भनेको । अरुलाई बुरुक बुरुक उफ्रिएर मुख छोडे जस्तो हुँदैन, देश चलाउनलाई । म त्यतापट्टि जन चाहन्न । विकासको सन्दर्भमा यि सारा उत्तारचढाको बिचमा यो छोटो अवधिमा दमकमा मलाई खुशी लागेको छ ।’

प्रधानमन्त्री ओलीले झुट, भ्रम फैल्याएर अराजकता मच्चाउनेलाई सरकारले नछोड्ने बताउदै लोकतन्त्रलाई अझ सुदृढ गर्ने तर मास्न नदिने बताए ।


प्रकाशित मिति: २४ मंसिर २०८१, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?