Trending
>>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा >>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

निजामति सेवाको मौजुदा व्यवस्थालाई संघीय साशन प्रणालीअनुरुप रुपान्तन्तरण गर्न आवश्यकः मन्त्री गुप्ता


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विद्यमान निजामति सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी मौजुदा व्यवस्थालाई संघीय साशन प्रणालीअनुरुप रुपान्तन्तरण गर्न आवश्यक रहेको बताएका छन्  ।

आईतवार प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागि हुँदै मन्त्री गुप्ताले यस्तो बताएका हुन्  । उनले समग्र कर्मचारी प्रशासनलाई व्यवस्थापन गर्न मौजुदा व्यवस्थालाई संघीय साशन प्रणालीअनुरुप रुपान्तन्तरण गर्न आवश्यक रहेको बताए  । उनले संघीय निजामति सेवालाई राष्ट्रहित र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति राजनीतिक रुपमा तटस्थ, पेशागत रुपमा सक्षम, सेवा प्रवाहमा उत्तरदायी र व्यवसायीक बनाउनुपर्ने बताए । उनले राज्यको सुशासन संयन्त्रको रुपमा विकास गर्नेगरी संघीय निजामति विधेयकमा नविनतम व्यवस्था र विषेशता समावेश गर्नुपर्ने बताए  । उनले संघीय निजामित ऐनमा ११ वटा सेवा, ९ वटा श्रेणी १४ वटा तह रहने व्यवस्था गरिएको समेत समितिमा जानकारी गराए ।

उनले भने , ‘संवैधानिक व्यवस्था बमोजिम संघ, प्रदेश र स्थानीय तहको समग्र कर्मचारी प्रशासन र व्यवस्थापन गर्न तथा विद्यमान निजामति सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी मौजुदा व्यवस्थालाई संघीय साशन प्रणाली अनुरुप रुपान्तन्तरण गर्न आवश्यक छ । संघीय निजामति सेवालाई राष्ट्रहित र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति राजनीतिक रुपमा तटस्थ, पेशागत रुपमा सक्षम, सेवा प्रवाहमा उत्तरदायी र व्यवसायिक बनाउँदै सुशासन संयन्त्रको रुपमा विकास गर्नेगरी संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी कानूनी व्यवस्था गर्न बनेको विधेयकमा नविनतम व्यवस्था र विषेशता समावेश गर्नुपर्ने आवश्यकता छ ।  संघीय निजामित ऐनमा ११ वटा सेवा, ९ वटा श्रेणी १४ वटा तह रहने व्यवस्था गरिएको छ । खुला प्रतियोगिताद्वारा पूर्ति गरिने पदको ४९ प्रतिशत पद महिला, खसआर्य, आदिवासी जनजाती, मधेसी, मुस्लिम, थारु, पिछिडिएको क्षेत्र र अपांगता भएका व्यक्तिका लागि छुट्याइएको छ । यसरि छुट्याइएको पदको ५० प्रतिशत महिलाको लागि मात्र छुट्याइएको छ ।’ 

समितिमा अधिकांश सांसदहरुले विधेयकलाई छिटो टुंगोमा पुर्‍याउन दबाब दिएका छन्  ।


प्रकाशित मिति: २३ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?