Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

इराक—इरान—सिरियाली विदेशमन्त्रीबीच सिरिया द्वन्द्वबारे छलफल


काठमाडौँ । इराकी विदेशमन्त्री फुआद हुसेनले बगदादमा इरानी विदेशमन्त्री सैयद अब्बास अराघची र सिरियाली विदेश मामिला तथा प्रवासी मन्त्री बसम सब्बागसँग त्रिपक्षीय बैठक गरेका छन् ।

भेटपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा तीन मन्त्रीले सिरियाको गम्भीर अवस्थाले आफ्ना जनता र सम्पूर्ण क्षेत्रको सुरक्षामा खतरा रहेको उल्लेख गर्दै तीन देशमा सिरियाको गम्भीर अवस्थाको प्रभावबारे चासो साझा गरेको बताएका छन्  । विज्ञप्तिमा सबै प्रकारका आतंकवादका साथै सिरिया, गाजा र लेबनानमा जारी इजरायली आक्रमणको निन्दा गरेका छन्  ।

यसले सिरियाको सार्वभौमसत्ता, स्वतन्त्रता, एकता र क्षेत्रीय अखण्डताको सम्मानमा पनि जोड दिएका छन्  । बैठकपछि संयुक्त पत्रकार सम्मेलनमा हुसेनले सिरियाको सुरक्षा क्षेत्रको सुरक्षासँग जोडिएको बताउँदै मन्त्रीस्तरमा अरब लिगको तत्काल बैठक बोलाउने र त्यसमा पुग्न सबै कुटनीतिक माध्यम प्रयोग गर्ने बताए  ।


प्रकाशित मिति: २३ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?