Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

रुस—बेलारुसबीच सुरक्षा ग्यारेन्टीमा हस्ताक्षर


काठमाडौँ । भ्रमणमा  रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका बेलारुसका समकक्षी अलेक्ज्याण्डर लुकाशेन्कोले रुस र बेलारुसबीचको सुरक्षा ग्यारेन्टीसम्बन्धी नयाँ सन्धिमा हस्ताक्षर गरेका छन् ।

रुसी नेताकाअनुसार नयाँ सम्झौताले रुस र बेलारुसको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने उद्देश्यले सबै उपलब्ध शक्ति र साधनको प्रयोग गरेर रुसी सामरिक आणविक हतियारहरू सहितको पारस्परिक रक्षा दायित्वहरू रेखांकित गरेका छन्  ।

मस्कोले सामूहिक विनाशका हतियारहरू वा परम्परागत हतियारहरूको सम्भावित आक्रमणको प्रतिक्रियामा परमाणु हतियारहरू प्रयोग गर्ने अधिकार सुरक्षित राखेको बेलारुसका नेताले बताएका छन् ।

लुकासेन्कोले सुरक्षा ग्यारेन्टी सम्बन्धी अन्तरराज्य सन्धिमा हस्ताक्षर भएसँगै रणनीतिक सहयोग र सैन्य समन्वयको अभूतपूर्व स्तरमा पुगेको बताए  । बेलारूसी नेताले नयाँ सम्झौताले दुवै देशको भौगोलिक अखण्डताको रक्षा गर्ने, सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षा गर्ने र रुस र बेलारुसका नागरिकहरूको लागि शान्ति र सुरक्षाको ग्यारेन्टी गर्ने बताए  ।

बैठकपछिको पत्रकार सम्मेलनमा पुटिनले रूसको नयाँ ओरेश्निक मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइल प्रणाली अर्को वर्ष बेलारुसमा तैनाथ गर्न सकिने बताए  ।

रुसी राष्ट्रपति युनियन स्टेटको सर्वोच्च राज्य परिषद्को बैठकमा भाग लिन शुक्रवार मिन्स्क पुगेका थिए ।


प्रकाशित मिति: २३ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?