Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

रुस—बेलारुसबीच सुरक्षा ग्यारेन्टीमा हस्ताक्षर


काठमाडौँ । भ्रमणमा  रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका बेलारुसका समकक्षी अलेक्ज्याण्डर लुकाशेन्कोले रुस र बेलारुसबीचको सुरक्षा ग्यारेन्टीसम्बन्धी नयाँ सन्धिमा हस्ताक्षर गरेका छन् ।

रुसी नेताकाअनुसार नयाँ सम्झौताले रुस र बेलारुसको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने उद्देश्यले सबै उपलब्ध शक्ति र साधनको प्रयोग गरेर रुसी सामरिक आणविक हतियारहरू सहितको पारस्परिक रक्षा दायित्वहरू रेखांकित गरेका छन्  ।

मस्कोले सामूहिक विनाशका हतियारहरू वा परम्परागत हतियारहरूको सम्भावित आक्रमणको प्रतिक्रियामा परमाणु हतियारहरू प्रयोग गर्ने अधिकार सुरक्षित राखेको बेलारुसका नेताले बताएका छन् ।

लुकासेन्कोले सुरक्षा ग्यारेन्टी सम्बन्धी अन्तरराज्य सन्धिमा हस्ताक्षर भएसँगै रणनीतिक सहयोग र सैन्य समन्वयको अभूतपूर्व स्तरमा पुगेको बताए  । बेलारूसी नेताले नयाँ सम्झौताले दुवै देशको भौगोलिक अखण्डताको रक्षा गर्ने, सार्वभौमसत्ता र स्वतन्त्रताको रक्षा गर्ने र रुस र बेलारुसका नागरिकहरूको लागि शान्ति र सुरक्षाको ग्यारेन्टी गर्ने बताए  ।

बैठकपछिको पत्रकार सम्मेलनमा पुटिनले रूसको नयाँ ओरेश्निक मध्यवर्ती दूरीको ब्यालेस्टिक मिसाइल प्रणाली अर्को वर्ष बेलारुसमा तैनाथ गर्न सकिने बताए  ।

रुसी राष्ट्रपति युनियन स्टेटको सर्वोच्च राज्य परिषद्को बैठकमा भाग लिन शुक्रवार मिन्स्क पुगेका थिए ।


प्रकाशित मिति: २३ मंसिर २०८१, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?