Trending
>>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी >>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

भ्रष्टाचारले नेपाली राजनीति बद्नाम भयोः अध्यक्ष नेपाल


काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली राजनीतिको पहिलो समस्या भ्रष्टाचार भएको बताउनुभएको छ ।सोफा उत्पादक संघ नेपालको प्रथम साधारण सभालाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचारले गर्दा राजनीति बद्नाम भएको बताउनु भयो । उहाँले भ्रष्टाचारको अन्त्य गर्न आफैँबाट पहल थाल्नुपर्ने बताउनु भयो । उहाँले भ्रष्टाचार आफूले पनि नगर्ने र अरुलाई पनि गर्न नदिने एवं भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने हो भने सबै डराउने बताउनु भयो । उहाँले बेथितिका बिरुद्धमा जुध्न थाले मात्रै थिति बस्ने बताउनु भयो । नेपाली राजनीतिको अर्को समस्या व्यक्तिवाद र अहंकारपनामा रहेको उल्लेख गर्नुभयो । उहाँले संकीर्ण सोच राख्ने र सामरिक दृष्टिकोण नराख्ने कुराले पनि समस्या आइरहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली राजनीतिको समस्या कहाँ छ त ? मेरो विचारमा नेपाली राजनीतिको पहिलो समस्या भ्रष्टाचार हो । यो भ्रष्टाचारले गर्दाखेरि राजनीति अत्यन्तै बदनाम भएको छ । भ्रष्टाचारको अन्त्य गर्ने कसरी ? त्यो अन्त्य सबैभन्दा पहिला आफूबाट शुरु गर्नुपर्छ । आफूले भ्रष्टाचार गरेन भने, भ्रष्टाचार गर्नेलाई छुट दिएन भने, भ्रष्टाचारका घटनाहरु कतै भइरहेका छन् भने तत्काल कारबाही गर्न थाले सातो जान्छ । बेथितिका बिरुद्धमा जुध्न थालियो भने बल्ल थिति बस्छ । नेपाली राजनीतिको अर्को समस्या चरम व्यक्तिवादमा छ । अहंकारमा छ । मैमत्तपनमा छ । आफू जान्ने बाँकी दुनियाँ कोही पनि जान्दैन भन्ने ठान्ने प्रवृत्ति छ । सामरिक दृष्टिकोण राख्दै नराख्ने, संकीर्ण सोचका साथ चल्ने छ ।’

अध्यक्ष नेपालले बजारको सुनिश्चितता गर्न नसके उत्पादनमा आकर्षण घट्ने बताउनु भयो । उहाँले देशभित्रै रोजगारीको सिर्जना गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले समग्र बजेट निर्माणको प्रक्रियामा गम्भीर पुनरावलोकनको आवश्यक रहेको बताउनु भयो । राष्ट्रिय उत्पादनको वृद्धि गर्ने कुरामा सबैको जोड हुनुपर्ने उल्लेख गर्नुभयो ।


प्रकाशित मिति: २२ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?