Trending
>>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता >>   विशेष महाधिवेशनबाट कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल र गुरुराज घिमिरे चयन >>   कांग्रेसमा नयाँ नेतृत्वः गगन थापा सभापति, शर्मा–भुसाल उपसभापति >>   एकदर्जन बैंकहरुले घटाए ब्याजदर,कुनले कति ब्याज दिन्छन् ? >>   पार्टीमा कुनै नेता विशेषको प्रचार गर्नु राम्रो होइनः माधवकुमार नेपाल >>   निर्वाचनमा हामी जनताको घरदैलो अभियानमा केन्द्रित हुन्छौँः पुष्पकमल दाहाल >>   हाम्रो माग देउवा बाहेक अरुलाई प्रधामन्त्री तोकेर जाउँ भन्ने मात्रै होः गगन थापा >>   लायन्स क्लब अफ काठमाडौं ब्राईटस्टार द्दारा खाना तथा स्टेसनरी बितरण >>   काँग्रेस संस्थापन पक्षका नेताहरुको निष्कर्षः ‘जारी विशेष महाधिवेशन पार्टी विधानविपरित छ’ >>   पार्टी विभाजन गर्न कोही नलागौँः रामहरि खतिवडा
Logo
४ माघ २०८२, आईतवार
४ माघ २०८२, आईतवार

भ्रष्टाचारले नेपाली राजनीति बद्नाम भयोः अध्यक्ष नेपाल


काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली राजनीतिको पहिलो समस्या भ्रष्टाचार भएको बताउनुभएको छ ।सोफा उत्पादक संघ नेपालको प्रथम साधारण सभालाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भ्रष्टाचारले गर्दा राजनीति बद्नाम भएको बताउनु भयो । उहाँले भ्रष्टाचारको अन्त्य गर्न आफैँबाट पहल थाल्नुपर्ने बताउनु भयो । उहाँले भ्रष्टाचार आफूले पनि नगर्ने र अरुलाई पनि गर्न नदिने एवं भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने हो भने सबै डराउने बताउनु भयो । उहाँले बेथितिका बिरुद्धमा जुध्न थाले मात्रै थिति बस्ने बताउनु भयो । नेपाली राजनीतिको अर्को समस्या व्यक्तिवाद र अहंकारपनामा रहेको उल्लेख गर्नुभयो । उहाँले संकीर्ण सोच राख्ने र सामरिक दृष्टिकोण नराख्ने कुराले पनि समस्या आइरहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली राजनीतिको समस्या कहाँ छ त ? मेरो विचारमा नेपाली राजनीतिको पहिलो समस्या भ्रष्टाचार हो । यो भ्रष्टाचारले गर्दाखेरि राजनीति अत्यन्तै बदनाम भएको छ । भ्रष्टाचारको अन्त्य गर्ने कसरी ? त्यो अन्त्य सबैभन्दा पहिला आफूबाट शुरु गर्नुपर्छ । आफूले भ्रष्टाचार गरेन भने, भ्रष्टाचार गर्नेलाई छुट दिएन भने, भ्रष्टाचारका घटनाहरु कतै भइरहेका छन् भने तत्काल कारबाही गर्न थाले सातो जान्छ । बेथितिका बिरुद्धमा जुध्न थालियो भने बल्ल थिति बस्छ । नेपाली राजनीतिको अर्को समस्या चरम व्यक्तिवादमा छ । अहंकारमा छ । मैमत्तपनमा छ । आफू जान्ने बाँकी दुनियाँ कोही पनि जान्दैन भन्ने ठान्ने प्रवृत्ति छ । सामरिक दृष्टिकोण राख्दै नराख्ने, संकीर्ण सोचका साथ चल्ने छ ।’

अध्यक्ष नेपालले बजारको सुनिश्चितता गर्न नसके उत्पादनमा आकर्षण घट्ने बताउनु भयो । उहाँले देशभित्रै रोजगारीको सिर्जना गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले समग्र बजेट निर्माणको प्रक्रियामा गम्भीर पुनरावलोकनको आवश्यक रहेको बताउनु भयो । राष्ट्रिय उत्पादनको वृद्धि गर्ने कुरामा सबैको जोड हुनुपर्ने उल्लेख गर्नुभयो ।


प्रकाशित मिति: २२ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?