Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

एनपिएलः विराटनगरको तेस्रो हार, कर्णालीको दोस्रो जित


काठमाडौँ । विराटनगर किंग्सलाई ७ रनले हराउँदै कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा दोस्रो जित दर्ज गरेका छन्  ।

जितको लागि १३४ रनको लक्ष्य पछ्याएको विराटनगर २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रनमा समेटियो । मार्टिन गप्टिल ४ रन, लोकेश बम १९ रन र अकिब इलियास ८ रनमा पबिलियन फर्किए । लगतै नरेन भट्ट ७ रनमा बसिर अहमद ८ रनमा आउट भए । यसपछि छैटौं विकेटको लागि निकोलस क्रिटोन र दीपक बोहराले ४४ रनको साझेदारी गर्दै टिमको स्कोर १०४ पुराए । दीपक बोहराले १३ बलमा १८ रनमा आउट भए ।

लगतै क्रिटोन नन्दन यादवको बलमा आउट भए । उनले ४० रन बनाए । यसपछि सोमपाल कामीले क्रिस सोललाई आउट गरेपछि विराटनगर दबाबमा आए । अन्तिम ओभरमा १५ रन चाहिँदा नन्दव यादवले कसिलो बलिङ गरे । विराटनगरले अन्तिम ओभरमा ७ रन मात्र बनाउँदा कर्णालीले कठिन जित निकाले  । बलिङमा नन्दव यादवले ३ र विपिन शर्माले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको कर्णाली याक्स २० ओभरमा १३३ रन बनाउँदै अलआउट भए  । कर्णालीले ९ रन जोड्दा २ विकेट गुमाउँदा राम्रो शुरुवात गर्न सकेन् । भारतीय स्टार शिखर धवन ५ रनमा र चाडविक वाल्टन १ रनमा आउट भए । यसपछि देव खनाल र विलियम बसिस्टोले तेस्रो विकेटकोले १०२ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले । यो क्रममा देव खनालले अर्धशतकीय पारी खेले । उनले ४८ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५३ रन जोडे । देव आउट भएसँगै मात्र ३ रन जोड्ने क्रममा कर्णालीले तीन विकेट गुमाए  । यतिखेर ५ विकेटको नोक्शानीमा ११४ रन बनाए । छैटौं विकेटको रूपमा विलियम ६६ रन जोडेर आउट भए । उनले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गर्दै टिमको लागि सर्वाधिक ६६ रन जोडे ।

यसपछि प्रतिश जिसीले अन्तिम ओभरमा तीन खेलाडीलाई आउट गर्दा एक खेलाडी रन आउट भए । अन्तिम ५ विकेट गुमाउँदा कर्णालीले एक रन पनि जोड्न सकेन्  । बलिङमा प्रतिश जिसीले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिए । क्रिस सोल र बासिर अहमदले समान २÷२ विकेट झारे । स्टार बलर सन्दीप लामिछाने विकेट विहिन बने । चौथो खेल खेलिरहेका सन्दीपले तेस्रो खेलमा एक विकेट लिएका थिए । चौथो खेलमा कर्णालीले दोस्रो जितबाट ४ अंक बनाएका छन्  ।

चौथो खेल खेलेको विराटनगरको यो तेस्रो हार हो ।


प्रकाशित मिति: २२ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?