Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

रामकलेवा विधि गरेसँगै विधिवत रुपमा सकियो रामजानकी विवाह


काठमाडौँ । प्राचिन मिथिलाको राजधानी जनकपुरमा प्रत्येक वर्ष मनाइने रामजानकी विवाह पञ्चमी महोत्सव आज रामकलेवा विधि गरेसँगै विधिवत रुपमा सम्पन्न भएको छ  ।

अयोध्याबाट आएका जन्तीलाई मिथिला भोजन (रामकलेवा) तथा दक्षिणा प्रदान गरिएसँगै साताव्यापी रामजानकी विवाह महोत्सव विधिवतरुपमा सम्पन्न भएको हो । शुक्रबार राति रामसीताको प्रतीकात्मक रुपमा मिथिला परम्पराअनुसार विवाह भएको थियो । यस अवसरमा जानकी मन्दिरलाई नवदुलहीझैँ सिँगारिएका थिए  । जानकी मन्दिर प्राङ्गणमा राम, लक्ष्मण, भरत, शत्रुघ्नको प्रतिमूर्तिमा विधिवत पूजापाठ तथा भोजन गराई जन्तीको विदाइ गरेका हुन्  । रामकलेवापछि रामजानकी विवाह महोत्सव यसवर्ष विधिवत् रुपमा सम्पन्न भएको जानकी मन्दिरका महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए  ।

रामजानकी विवाह महोत्सवको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौ दिन मटकोर, छैठौँ दिन रामजानकी विवाह महोत्सव तथा सातौँ दिन आज रामकलेवा भएको हो ।


प्रकाशित मिति: २२ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?