Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

प्रधानमन्त्रीको चीन भ्रमणमा बिआरआई सम्झौता हुनु सुखद्ः झलनाथ खनाल


काठमाडौँ ।  नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा रोड एण्ड बेल्ड इनिसिएटिभ (बिआरआई) सम्झौता गरेकामा खुशी प्रकट गरेका छन्  ।

चीन भ्रमण सेकर शनिवार स्वदेश फर्किनुभएका पूर्वप्रधानमन्त्री खनालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।  नेपालको तयारी नपुगेपनि अन्तिममा बिआरआई परियोजनामा सम्झौता गर्नु सुखद् पक्ष भएको उल्लेख गरे  । बिआरआई सम्झौता गर्नु नै थियो भने छिमेकी देशसँग यत्रो नाटक किन गर्नुपरेको ? भन्दै प्रश्नसमेत गरे  । पूर्वप्रधानमन्त्री खनालले छिमेकी देशहरुसँग राम्रो सम्बन्ध बनाउन नसक्नेले कसरी विश्वसँगको सम्बन्ध राम्रो बनाउँछ भन्ने उको प्रश्न छ । सम्मानित नेता खनालले प्रधानमन्त्रीको चीन भ्रमणमा आन्तरिक गृहकार्य नपुगेको महशुस आफूले गरेको बताए  ।

उनले भने , ‘नेपाल र चीन बीचको सम्बन्ध र यो बिआरआई लिन किन नेपाल यस्तरी चुकिरहेको छ ? संसारमा १५३ मुलुकहरुले बिआरआई प्रोजेक्ट लिइसके, तर नेपालल यत्रो सात सात वर्षसम्म किन नलिएको भन्ने प्रश्न जुनसुकै पत्रकारहरुको पनि प्रश्न थियो । मैले यसबारेमा अध्ययन गर्दैछौँ, हामी लिन चाहन्छौँ, बिआरआईप्रति हाम्रो सकारात्मक धारणा छ भन्नेकुरा दृढतापूर्वक राखेँ । बढी फोकसको विषय बनेको थियो । चिनियाँ जनताले र चीनका सार्वजनिक उद्यमीहरुले मिलेर अन्तर्राष्ट्रिय विश्व विद्यालय स्थापना गर्ने सोच निर्माण गरेका छन् । त्यो अन्तर्राष्ट्रिय विश्व विद्यालयको नाम वल्र्ड युनिभर्सिटी फर पिस एण्ड डेभलपमेण्ट स्थापना गर्ने कुरा भएको छ । त्यसमा विभिन्न देशका पूर्वप्रधानमन्त्री राख्ने कुरा भएको रहेछ, नेपालबाट मलाई प्रश्ताव गर्नुभएको छ । त्यो विश्वविद्यालयको अनरेडी चियरम्यानको लागि । मैले हुन्छ भनेको छु । यो बिआरआईको बारेमा अब सम्झौता त भयो, तर अनौठो कुरा त्यहाँ घुम्दाघुम्दै कस्तो लाग्यो भने अब बिआरआईको बारेमा गर्नुपर्छ भनेर धेरै इन्टरभ्युमा भनेँ । तर अन्तिममा नहुने भएछ । एउटा ड्राफ्ट गरियो त्यो फिर्ता भयो, अर्को ड्राफ्ट गरियो त्यो फिर्ता भयो । अनि नहुने भयो भनेर संयुक्त विज्ञप्ति समेत निस्कियो । अन्तिममा फेरि केके कुराहरु हुँदै गयो, अन्तिममा बिआरआई सम्झौता भयो । भाषा यताउति गरेर भयो । गर्नैपर्ने थियो भने यत्रो नक्कली नाटक किन गर्नुभयो ? छिमेकी देशहरुसँग राम्रो सम्बन्ध बनाउन जसले सक्दैन, संसारसँग कसरी राम्रो सम्बन्ध बनाउने ? यो त पहिला नै अध्ययन गरेर होमवर्क गरेर गर्नुपर्ने का हो । छिमेकीसँग यो प्रकारको लापरवाही गरेर गर्नु हुँदैन थियो । तर जे होस् धेरै पटक घुमाउरो गरेर भएपनि बिआरआई सम्झौता भएको छ । त्यो राम्रो कुरा हो । मैले खुशी प्रकट गर्नुपर्छ ।’

सम्मानित नेता खनालले नेपाल सरकारले अविलम्व पारवहन सुविधा साकार बनाउन तत्काल अध्ययन जरुरी रहेको बताए  । भारतबाट ४ पटक नाकाबन्दी भोगिसकेको भन्दै पारवहन खुला हुने स्थिति बनेको खण्डमा कहिल्यै पनि नाकाबन्दी भोग्नु नपर्ने उल्लेख गरे ।


प्रकाशित मिति: २२ मंसिर २०८१, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?