मिलन पाण्डे
प्रिय रास्वपाका साथीहरू,
हिजो रविको नाममा एमालेले राजनीति गर्यो। रविलाई बोकेजस्तो गरेर आफ्नो क्याम्पमा राख्यो। रास्वपा सदस्यहरूको सेन्टिमेन्ट लुट्यो। आज प्रचण्ड त्यही गर्दै छन्। यो उहाँहरूको राजनीति हो।
कृपया हिजो ओलीको भिडियोजस्तै आज प्रचण्डको भिडियो सेयर गरेर खुसी नहुनुहोला। यो लडाई देउवा, ओली वा प्रचण्डको काँधमा टेकेर वा हात समाएर जितिने वाला छैन। आफ्नै खुट्टामा उभिएर, वैकल्पिक राजनीतिका मूल्य मान्यतामा बसेर मात्र जितिन्छ। कसैलाई काँधमा बोकेर या कसैको काँधमा चढेर हुन्न भन्ने अब बुझिसकियो होला।
अब नागरिकका मुद्दा बोक्ने बाहेक अरू कुनै उपाय छैन। छैन त, छदै छैन।
प्रकाशित मिति: ४ पुष २०८१, बिहीबार